बिर्तामोड २० पुस । नेपाल उधोग वाणिज्य महासंघ प्रदेश १ को तेस्रो साधारणसभा बिर्तामोडमा आज सम्पन्न भएको छ । प्रदेश अध्यक्ष नरेन्द्रकुमार खड्काको अध्यक्षता र बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
दिउँसो हुने बन्दसत्र र त्यसपछि हुने निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने अधिवेशन संयोजन गरेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिनुभयो ।
सोही उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बिर्तामोड नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउत, किशोर प्रधान लगायतले शुभकामना मन्तव्य राख्दै अब हुन निर्वाचनमा चुस्तदुरुस्त समिति गठन होस् र यो समिति प्रदेश १ का व्यवसायीहरुको हितका लागि बनोस् भन्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यस्तै आजै भएको तेस्रो साधारणसभाले ढकाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । भद्रपुरका पुराना तथा अग्रज उद्योगी ढकाल झापा उद्योग संघका अध्यक्ष समेत रहनेभएको छ ।
त्यस्तै सदस्य पदमा कुमार भट्टराई, युवराज शाक्य, भूपालराज कट्वाल, विरेन्द्रकुमार शाह, प्रितम खड्गी निर्वाचित हुनुभएका छ । एसोसिएट उपाध्यक्षमा राजेन्द्र राउत, कोषाध्यक्षमा रमेशकुमार राठी तथा एसोसिएट सदस्यमा सुवाष आचार्य र राजन श्रेष्ठ चयन हुनुभएका छ ।
त्यस्तै जिल्ला नगर उपाध्यक्षमा भीमबहादुर पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । महासंघमा ३५ जिल्ला नगर, १३ वस्तुगत र १२७ एसोसिएट सदस्य छन् ।
Discussion about this post