विर्तामोड । वीरता लेडी जेसीजको अध्यक्षमा स्वस्तिकाआचार्य सिटौलानिर्विरोध निर्वाचित हुनु भएको छ ।
बुधवार राति बिर्तामोडमा सम्पन्नशाखाको १७औं साधारणसभा तथाअधिवेशनबाट सन् २०२१का लागिआचार्य अध्यक्षमा चयन हुनु भएको छ ।
अध्यक्षपदका उम्मेदवारहरु संगीता चिमरिया र कामना उप्रेतीले सहमति र सहकार्यका लागिआफ्नो उम्मेदवारी फिर्ता लिएपछि आचार्य अध्यक्षमा निर्विरोध चयन हुनु भएको हो ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा संगीता गिरी र युनिता दवाडी निर्विरोध चयन भएका छन् । सहसचिवमा सुमित्रा भट्टराई, उपाध्यक्षहरुमा दीपा शिवाकोटी, मेनुका ओली, रोजिना पाण्डे र अर्चना रावत चयन हुनु भएको छ ।
जनसम्पर्क अधिकारीमा टीका तिवारी, तालिम संयोजक सेलिसा उप्रेती र शाखा सम्पादकमा पवित्रा गौतम निर्विरोध चयन भएको निर्वाचन अधिकृत सरु भूर्तेल खनालले जानकारी दिनुभयो ।
२०२१ की अध्यक्ष आचार्यले बुधवारे नै कार्यसमितिको कानूनी सल्लाहकारमा संगीता चिमरिया, महासचिवमा हिमा पौडेल र कोषाध्यक्षमा झुमा चुडाललाई मनोनित गर्नुभएको छ ।
Discussion about this post