देवी उप्रेती
यी दुईटा अभिव्यक्तिहरु अपरिहार्य छन् । अध्यक्ष प्रचण्ड भन्नुहुन्छ–‘जनयुद्ध गर्ने र जनआन्दोलन गर्नेहरुको फ्यूजनबाट हामी यो अवस्थाको गणतन्त्रमा आईपुगेका छौ .’ त्यसो भएको हुनाले विश्व थर्काउने महान्जनयुद्ध जसको कारणले हामी अहिलेको अवस्थामा आईपुगेको छौ त्यसको जिम्मेदारी नेपाली कांग्रेसले लिनु एउटा भागको कुरा हो । त्यसो भएको हुनाले नेपाली जनमानसमा के देखिन्छ भने विश्व थर्काउने जनयुद्धको विजय चाँहि यहि गणतन्त्रात्मक व्यवस्था हो भन्ने बुझ्नु पर्छ । गिरिजाप्रसाद कोइरालास्वयम्ले आफ्नो पार्टीको विधानमा जे सुकै लेखेको भएपनि उनीले …अब राजतन्त्रलाई मेरो काँधले थाम्दैन भनेर एउटा महान् गणतन्त्रवादीको उदाहरण दिएका छन् । त्यसो भएकोले जनताको छोराले इतिहासमा पहिलो पटक राजकीय अधिकार र राज्य सत्ताको अधिकार दुवै प्राप्त गरेको बेलाउनले जे गर्न पनि सक्दथे । तर उनी महान् प्रजातन्त्रवादी भएको हुनाले जि.पी. कोइरालाले प्रजातन्त्र र गणतन्त्र सँगै जाने कुरा हुन् भनेर उनले त्यही किसिमको आफ्नो आउटलुक बनाएका थिए । जसले गर्दा जनयुद्धका सुप्रिमो अध्यक्ष प्रचण्ड र उनी (जि.पी. कोइराला) सँगसँगै हिँड्नलाई कुनै बाधा परेन । यसको उदाहरणको लागि उनले भनेको गणतन्त्रको परिभाषा …टोटल डेमोक्रेसी’ भनेको …गणतन्त्र’नै हो भन्ने कुरा जनयुद्धका महानायक अध्यक्ष प्रचण्डलाई बुझाएको कुरा डा. शेखर कोइरालाले भन्नु भएको छ । नेपाली क्रान्तिको इतिहास अलग्गै ढंगले विकास भएको छ । किनभने यो इतिहासमा नेपाली काँग्रेस सबभन्दा पहिले अग्रगामी रुपमा रहेको छ । जस्तो कि गणतन्त्र घोषणा गर्दाखेरी नेपाली काँग्रेसका नेता के.बी. गुरुङ्गको अध्यक्षतामा घोषणा गरिएको थियो । अब त्यही किसिमको क्रान्तिकारीहरु र सत्ताधारीहरुको समावेशिता भएको हुनाले ५२ वर्षदेखि कोलम्बियाका क्रान्तिकारीहरु र सरकार बीचमा यहि नेपाली क्रान्तिको सिको गरेर सत्ताधारी र क्रान्तिकारीहरुले सम्झौता गरेका थिए । हामीले के देख्छौ भने नेपालमा क्रान्तिकारीहरु र सत्ताधारीहरुको बीचमा अलग्गै ढंगले अथवा विश्वमा अलग्गै किसिमले सम्झौता र सुलह भै आएको छ । अहिलेको अवस्थामा हामी के देख्छौ भने देखि बल्ल–बल्ल प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र जो कि आफैमा एउटा महान् कोशेढुंंगा साबित भएको छ । नेपाली क्रान्तिको इतिहासमै एउटा महान्क्रान्तिको शक्ति फैलिएको हामीले देखेका छौ । संघीय लोकतान्त्रिक गणतन्त्र वेस्ट मिनिष्ट्रियल व्यवस्था भन्दा अलग किसिमले भएको हुनाले यसको महत्व र स्वामित्व नेपाली कांग्रेसले लिएको देखिन्छ । गणतन्त्र र जनयुद्ध आफैमा महान्कुरा हो जसको एउटा भाग नेपाली कांग्रेसले लिएको छ किनभने पहिलो पल्ट राजकीय शक्ति र राज्य शक्तिको प्राप्त भएर पनि यदि त्यहाँ डेमोक्र्याट्स नहुनु भएको भए गिरिजा प्रसाद कोइरालाले त्यो कुराहरु हुन दिनु हुने थिएन अथवा अहिलेको शक्ति कसैले प्राप्त गरे भने पनि त्यो कुराहरुले कि त आफै तानाशाहहुन्थ्यो कि त अरु व्यक्तिलाई तानाशाह बनाएर छोड्ने थियो । यो अध्यक्ष प्रचण्डले भने जस्तै जनयुद्ध गर्ने र जनआन्दोलन गर्नेको बीचमा फ्यूजन भएर हामी पहिलो अवस्थामा आइपुगेका छौ । जनयुद्धको स्वामित्व जि.पी.कोइरालाले लिएर अथवा नेपाली कांग्रेसले लिएको हुनाले नै यो भनाई मिल्न आएको हो । त्यसो भएको हुनाले हिजो भएका क्रान्तिका कुराहरु फेरबदल भएको हुनाले यसमा बि.पी. कोइराला, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, गिरिजा प्रसाद कोइराला र अध्यक्ष प्रचण्ड अब राष्ट्रका पुँजी भएका छन् अथवा सम्पत्ति भएका छन् । त्यसो भएको हुनाले सम्पूर्ण कुराहरु राज्यले गर्ने भएको हुँदा उनीहरुको नाममा कसैले एन.जी.ओ. खोलेर सम्पत्ति आर्जन गर्ने कुरामा बर्खिलाप हुन्छ र त्यो एन.जी.ओ.बाट अहिलेसम्म उनीहरुले आर्जन गरेको सम्पत्ति राष्ट्रियकरण गरी राज्यले लिनुपर्ने हुन्छ । यसबारेमा अध्यक्ष प्रचण्डले सबै खालका क्रान्ति र विद्रोहहरुलाई जस्तो चुलाचुली, ओखलढुंगा काण्ड, झापा विद्रोह समेतलाई विश्लेषण गरेर जनयुद्धको भट्टीभित्र खारेर प्रयोग गरिएका छन् । त्यसको लागि ती व्यक्तित्वहरु अथवा राष्ट्रका पूँजीहरुको बारेमा इतिहास आफै नतमस्तक भएर अगाडी आएको छ ।
यसकारणले हामीले यसरी संघर्षशील भएका जति व्यक्तिहरु हुन्छन् उनीहरुको इतिहास पनि त्यहि ढंगले लेखिएको हुन्छ । अहिलेसम्म ६ महिना भित्रमा शान्ति प्रक्रियाका विभिन्न कामहरु सक्ने भनेर जति कुरा भएपनि जि.पी कोइरालाको भौतिक अनुपस्थितिले गर्दाखेरि ती कुराहरु सबै बाँकी रहेका छन् । क्रान्तिमा, युद्धमा मार्ने र मर्ने हिसाब किताब हुँदैन । तर शान्ति प्रक्रियामा आइसकेपछि त्यसको निरुपण गर्नुपर्ने हुन्छ । जस्तो २ं०४६ तिर टेकुमा ६÷७ जना प्रहरीहरुलाई सुइराले घोचीघोची मारिएको कुरा कुनै मानव अधिकारवादी भन्नेले पनि उठाएनन्. त्यस हिसाबले हामीले केबुझ्नु पर्छ भने मानव अधिकार र अन्य कुराहरु नेपाली क्रान्तिका साना ठूला विद्रोहहरुबाट प्राप्त भएका उपलब्धिहरु हिसाब किताब नगर्ने तर व्यक्ति विशेषलाई ठाडो दोष लगाउने कुराहरु हुन सक्दैनन् । यस्ता कुराहरुमा सबै प्रतिक्रियावादीहरु र प्रतिक्रान्तिकारीहरु मुलुकको इतिहासलाई बांगोटिंगो बनाउने सामन्तहरु र साम्राज्यवादका दुमछल्लाहरुको क्रियाकलाप हो भन्ने कुराहरु बुझ्नुपर्ने हुन्छ । उनीहरु के गर्न खोज्छन् भने नेपाली क्रान्तिले प्राप्त गरेको देश र जनताप्रतिको सुखद् भविष्यको लागि त्यसलाई तोडमरोड गरेर हेगेमनिस्टिक तरिकाले विभिन्न भाँडभैलो गर्दै हिँड्ने हुन्छन्.अहिले हामीले बनाएको संविधानमा जनताले अलंकारिक राष्ट्रपतिको व्यवस्था गरेका छन् । त्यस हिसाबले प्रत्यक्ष निर्वाचित राष्ट्रपति नहुञ्जेल संविधानले व्यवस्था नहुञ्जेल पार्टीहरुले राष्ट्रपतिलाई उठाउने अनि जुन पार्टीले जित्छ त्यो पार्टीको राष्ट्रपति हुने अथवा पार्टी भित्र गुट छ भने त्यो गुटको हुने, कोही चाँहि गुटको पनि नभएर एउटा व्यक्तिको हुने । यस हिसाबले अहिलेको राष्ट्रपतिको पनि त्यहि किसिमको अवस्था हो ।
यसको लागि अहिले महिला राष्ट्रपति हुनुहुन्छ, वहाँको हेरेर नेपालका एक विद्वान प्राध्यापक डा. युवराज संग्रौला अहिलेको यो तुरुन्तको अवस्थालाई विश्लेषण गर्दै भन्नु भएको छ –‘तपाई पार्टीको आमा बन्नु भएको छ, एउटा गुटको आमा बन्नु भएको छ. त्यो पनि नभएर एउटा व्यक्तिको आमा बन्नु भएको छ, त्यसो भएको हुनाले तपाईले एक पटक आफै सम्झिनुहोस् र राष्ट्रको आमा बन्ने कोशिस गर्नु होस् र सबै पार्टीहरुलाई बोलाउनुहोस्. उनीहरुको अवधारणा बमोजिम तपाईले एउटा व्यक्तिको आधारमा घोषणा गर्नु भएको कुरालाई राष्ट्रको आमा भएर त्यो फिर्ता लिनुहोस्’ यो एउटा प्राध्यापक डा. युवराज संग्रौलाले अहिलेको अवस्थालाई सुधार्न खोज्नु भएको हो । हिजो हामीले आफै संविधानसभा मार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनाएका हौ र नेपाली जनताले यो संविधानप्रति देखाएको भावनात्मक र अलग किसिमको प्रावधानहरु रहेको हुनाले नेपाली कांग्रेसकै नेत्तृत्व भएको बेला यो संविधान घोषणा गरेका हौ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन भएपछि सबै कुराहरु जनताले थाहा पाउनु पर्छ भन्ने कुराहरु उठेको भएपनि संविधानसभा मार्फत् नेपाली जनताले निर्माण गरेको संविधानको कसैले पनि उल्लंघन गर्न सकेन । तर पछिबाट केहि कुराहरुमा गडबडी गर्नेहरुले प्रतिक्रान्तिकारीहरुले जे कुरा गरे पनि संविधान सभाले पाठ गरेको नेपाली जनताको भावना अनुसार र नेपाली क्रान्तिको सुरुदेखिकै जनतासँग एकाकार भएर हामीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जनतालाई प्रदान गरेका हौ । यस हिसाबले हामीले हेर्ने हो भने अहिले जुन प्रकारको प्रावधान छ, त्यो पार्टीको राष्ट्रपति हुन्छ र पार्टी भित्रको एउटा गुटको पनि हुन सक्छ र त्यो गुट भित्रको एउटा व्यक्तिको पनि हुन सक्छ । त्यसो भएको हुनाले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको संविधानमा संशोधन नहुञ्जेल विभिन्न पार्टीहरुले पत्याएको व्यक्तिलाई सबैले मिलेर त्यस्ता मान्छेहरुलाई विश्वास मानेर राष्ट्रपति बनाउनु पर्छ । राष्ट्रपतिको कर्तव्य भनेको संविधानको संरक्षण गर्ने हो जसले गर्दा त्यःतो व्यक्तित्वलाई लिने हो भने संविधानविद् निष्पक्ष पनि हुन्छ, त्यस्तो व्यक्ति भनेको मैले भन्नेहो भने डा. भीमार्जुन आचार्यलाई राष्ट्रपति बनाउनु पर्छ । यो कुरालाई संविधान संशोधन गर्नुपर्ने कुरा पनि हुँदैन । त्यसो भएको हुनाले अब सबै पार्टी मिलेर पार्टीको चुनावबाट होइन, व्यक्तिको आग्रहमा पनि होइन, त्यसको लागि संविधान संशोधन पनि गर्नु पर्दैन । त्यही भएकोले यो प्रावधान राखौं भन्ने हो । अहिले हामीले जुन अवस्थामा संविधान बनायौं, त्यो गणतन्त्रको संविधान हो । तर अहिलेसम्म नेपाली जनताले गणतन्त्रको अनुभूति गर्न पाएका छैनन् । बरु उल्टै कताकता हेगेमनिस्टिक तरिकाबाट जनतालाई मुद्दा लाउने, आफ्ना सार्वजनिक संगठनलाई ब्यान्ड गर्ने अनि संविधानमा धेरै कुराहरु गणतन्त्रलाई अनुभूति गर्ने धेरै बाँकी छन् । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, यसमा मधेस आन्दोलन, जनयुद्ध अनि धेरै कुराहरु रहेका छन् । त्यसले मात्र जनताले गणतन्त्रको अनुभूति गर्न यो अर्थले पाएका छैनन् जस्तो कि जनयुद्धकालका व्यक्तिहरुलाई लगाएका मुद्दाहरु ताजै छन्, मधेस आन्दोलनका व्यक्तिहरुलाई हेगेमनिस्टिक तरिकाले मुद्दा लगाएर त्यो पनि बाँकी नै छन ्। अनि जनयुद्ध भएको १० वर्ष पछाडि पनि यो तरिकाले यदि हेरिन्छ भने संघीय लोकतान्त्रिक गणतन्त्रको कुनै अर्थ रहँदैन । अब संघीय लोकतान्त्रिक गणतन्त्रको जनताले अनुभूति गर्ने हो भने कुनै पनि संगठनलाई ब्यान्ड गर्न पाइँदैन । त्यसो भएको हुनाले मधेस आन्दोलनका आस्था राख्ने बन्दीहरु र कुनै संगठनसँग आस्था राख्न ेबन्दीहरु जस्तो कि रेशमलाल चौधरी, विप्लवका कार्यकर्ताहरु समेतलाई आस्थाका बन्दीहरुको सवालमा सम्पूर्णलाई छोडेर जेल खाली गर्नुपर्छ । डेमोक्रेसिमा कुनै पनि संगठनलाई ब्यान्ड गर्न पाइँदैन । अनि मात्र नेपाली जनताले जुनसुकै जोसुकैसँग आस्था राख्नेहरुले पनि नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभूति गर्न पाउनेछन् । अहिलेको अवस्था भनेको प्रतिक्रान्तिहरुले टाउको उठाएको अवस्था पनि हो । प्रतिक्रान्ति भनेको जुन तरिकाको पनि हुन सक्छ । त्यसो भएको हुनाले आस्थाका बन्दीहरुलाई छोड्न र संगठनमाथिको प्रतिबन्ध हटाउनु नै पहिलो कुरा हुन्छ ।
Discussion about this post