झापा ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि विरुद्ध नेकपा निकटका युवा विद्यार्थीले झापामा प्रदर्शन गरेका छन् ।
नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू, राष्ट्रिय युवा संघ झापा र अखिल नेपाल ट्रेड युनियन माहासंघ झापाले आज प्रधानमन्त्रीको गृह जिल्ला बिर्तामोड र दमकमा विरोध प्रदर्शन गरेका हुन् ।
बिर्तामोडमा भएको प्रदशनमा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य प्रत्युष राना, अनेरास्ववियू जिल्ला कमिटी सदस्य अनिल सुवेदी, अखिल नेपाल ट्रेड युनियन माहासंघ प्रदेश १ संयोजक भुपाल सापकोटालगायतले प्रधानमन्त्रीको असंवैधानिक कदमको बिरोध गर्दै ओलीको राजीनामा मागेका छन् ।
बिर्तामोडको मुक्तिचौकमा गरिएको प्रदर्शनमा कालो फेटा बाँधेर ‘केपी ओली मुर्दाबाद ’ ‘संसद विगठन गर्न पाईदैन’ ‘पार्टी एकता जिन्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
Discussion about this post