
बिर्तामोड ३ पुस । स्थानीय तहका कार्य पालिकाका महिला सदस्यलाई लक्षित गरि एक दिवसीय क्षमता अभिबृदी कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।
बिहीबार बिर्तामोडको आर्दश ब्याङक्वाेटकाे सभा हलमा कार्यक्रम सम्पन्न भएको हो । जिल्ला समन्वय समिति झापाको अlयाेजना र न्याय तथा बिकासका लागि सामाजिक संजालको संयुक्त अlयाेजनामा उक्त कार्यक्रम भएको हो ।
न्याय तथा बिकासका लागि सामाजिक संजालका अध्यक्ष साेमनाथ भट्टराईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समिति झापा प्रमुख सोमनाथ पोतेलको प्रमुख अतिथ्यता रहेको थियो ।
कार्यक्रममा महिला समाबेशीकरण , अर्थ अवशयकता, सकारात्मक विभेद ,विधयामान कानुनि ब्यवस्था र अभ्यास ( पहिलो सत्र ) , स्थानीय तहमा महिला जनप्रतिनिधिहरुको भुमिका , नीति तह र याेजना तजुमा कार्यान्वयन ( दोस्रो सत्र ) र महिला लैङ्गगिक हिंसा , लैङ्गगिक उतरदाइ बजेट निमाण अवधारणा , स्थानीय तहमा ब्यवस्था , अवस्था र भाबी रणनीति ( तेस्रो सत्र )गरि तीन महत्त्वपूर्ण बिषयमा क्रमश जिल्ला समन्वय अधिकारी रुद्र न्याैपाने ,जि• स• स • प्रमुख साेमनाथ पोतेलले गर्नुभएको थियो ।
अधिकारकर्मी शोभा बजगाइले सहजीकरण गर्नुभएको कार्यक्रममा झापाका नगरपालिका र गाउँ पालिकाका गरी १२ वटा स्थानीय तहका महिला सदस्यहरूकाे सहभागीता रहेकाे थियोे ।
महिला सदस्यहरुले आ—आफ्नो धाराणा राख्ने क्रममा नगरपालिका र गाउँपालिका आगामी बजेट तथा निती निर्माण तहमा लैङ्गीक मैत्री बजेट, समाबेशीको बिषयगत समितीमा रहेका सदस्यको प्रमुखहरुले भाबी दिनमा कार्यान्वयन पक्ष्यलाई ससक्त भई लाग्ने प्रतिबद्दता गर्नु भएको थियो । कार्यक्रममा जिसस उप–प्रमूख मिना पराजुली एस एन जे डी का कुमार चडाल र अधिकारकर्मी दिपक दासले उद्धारको प्रयासबारे धाराणा राख्नु भएको थियो ।
Discussion about this post