---
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
Advertisement
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home ब्यानर न्युज

‘कांग्रेसको समर्थन र अगुवाई बिना मुकुलमा कुनै परिवर्तन आउँदैन’

Sushila Sangraula by Sushila Sangraula
December 14, 2020
in ब्यानर न्युज
0
‘कांग्रेसको समर्थन र अगुवाई बिना मुकुलमा कुनै परिवर्तन आउँदैन’
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड २९ मंसिर । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशसारण महतले कम्युनिस्ट सरकार भ्रष्टाचारको पर्यायबाची भएको बताउनुभएको छ ।

सोमबार झापाको बिर्तामोडमा सरकार बिरुद्द आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता महतले यस्तो बताउनुभएको हो ।

अलिहेको सरकारबाट भएको भष्टाचारले चुली नाघिसकेको भन्दै दुई तिहाईको केपी सरकारले एक पछि अर्कों गर्दै भ्रष्टाचारका काण्डै काण्ड मच्चाएकोले अब कांग्रेस सडकमा निस्कन्छ सहेर बस्न नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो–‘कम्युनिष्ट सरकार भित्रभित्रै के गरिरहेको छ कसैलाई थाहाँ हुँदैनथियो तर केपी ओलीले प्रचण्ड र माधवलाई पालो नदिएपछि पार्टीभित्रको पेटारो खोलेका छन् ।’

पूर्व परराष्ट मंत्री समेत रहनुभएका डा. महतले अहिलेको सरकार काम कम र कुरा बढी गर्ने र जनतालाई हावादारी आश्वासन बाँडेर भोट जितेको थियो अब जनताले थाहा पाइसके ओलीका हावादारी गफमा नलाग्न आग्रह गर्नुभयो ।

अहिलेको ओली सरकारले न्याय निरुपण गर्ने निकायलाई समेत निकम्मा बनाएको र देशलाई अनिर्णयको बन्दी बनाउनुभयो खोजीको आरोप लगाउँदै नेता महतले भन्नुभयो–‘अहिले जनता उपचार नपाएर मर्दैछन् तर सरकार आफ्ना पार्टीका नेता तथा कार्यकर्ता खुशी पार्न राज्यको ढुकुटीको करोडौं रुपैयाँ बाँडिरहेको छ तर अरु जनताले भने केही पाएका छैनन् ।’

नेता महतले कांग्रेसको समर्थन र अगुवाई बिना मुकुलमा कुनै परिवर्तन आउन नसकने जनाउँदै अबको मुलुकको नेतृत्व कांग्रेसले गर्ने बताउनुभयो ।

नेकपाका दुई अध्यक्ष बीच पार्टी फÞुट्ने अवस्था आए पछि आफÞना भ्रष्टाचारका कर्तुत सार्वजनिक भएको टिप्पणी गर्दै नेकपा फÞुटे पनि र जुटे पनि कांग्रेसलाई कुनै फरक नपर्ने नेता महतको भनाई रहेको थियो ।

‘संविधान सम्झौताको दस्तावेज हो, यसमा कतिपय विरोधाभाषपूर्ण कुराहरु छन्’–नेता महतले भन्नुभयो । यसलाई सच्याउने नाममा संविधानमाथि धावा नवोल्न सरोकारवालालाई सचेत गराउनुभयो ।

कम्युनिष्टको कुरा विकेको तर कांग्रेसले प्रचार–प्रसार गर्न नसक्दा काम नविकेको चर्चा गर्दै उहाँले कम्युनिष्ट नेतृत्वको सरकारलाई निर्वाचनअघि जनतालाई दिएको आश्वासन पूरा गरेर देखाउन चुनौति दिनुभयो ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले जनप्रतिनिधिले बनाएको संविधानलाई कागजको खोस्टो बनाउने प्रयत्न नगर्न वर्तमान सरकारलाई चुनौति दिदै सरकारले जनहितमा सत्ता चलाउन नसक्दा ब्यवस्था विरोधीहरु सल्वलाएको धारणा राख्नुभयो । आफ्नो परिवार नै चलाउन नसकेका राजाले देश बचाउनै नसक्ने उहाँको भनाई थियो ।

कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले जनमतको अपमान गरेको बताउँदै देशलाई दुई कम्युनिष्ट पेवा बनाउनु खोजेको प्रष्ट पार्नेभयो ।

उहाँले देश र जनताका सवालमा एकशब्द नबोल्ने राष्ट्रपतिले नेकपाका दुई अध्यक्षबीचको झगडामा मध्यस्थता गरेर पदीय दुरुपयोग गरेको बताउँदै पदीय मर्यादामा बस्न र राष्ट्रपति पदको गरिमा कायम राख्न सुझाव दिनुभयो ।

‘वर्तमान सरकारले आफू कुनै नयाँ काम नगरेको र कांग्रेस नेतृत्वकै सरकारले गरेको काम श्रेय लिन खोजेको बताउनुभयो । उहाँले कांग्रेसको पालामा गरेको मध्य पहाडी लोकमार्गलाई मदन भण्डारी मार्ग भनिएको छ, दमकको आदिबासी रङ्गशालालाई मदन भण्डारी रङ्गशाला नामकरण गरिएको छ’–प्रसाईले भन्नुभयो–‘कुनै नयाँ काम गरेर आफ्ना नेताको नाम जोड्नुस्, हामी त्यसको सम्मान गर्छौं ।’ वर्तमान सरकारले कुनै नयाँ योजना नल्याएको आरोप लगाउँदै उहाँले रेलमार्ग बनाउने नाममा काम नै शुरु नगरी अरबौं भ्रष्टाचार गरेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वय भारतेन्दुकुमार मल्लिक र दिलिप राईले प्रधानमन्त्री आफैं डाक्टर, आफैं न्यायधिस बनेको बताउँदै भ्रष्टाचारीको संरक्षण नगर्न सुझाव दिनुभयो ।

नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा सभापतिको आशनबाट बोल्दै नेपाली कांग्रेसले बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सरकारको सर्वसत्तावादी चरित्र, कोरोना परिक्षण सामग्री खरिदमा भएको भ्रष्टाचार र अनियमितताको विरोध तथा अविलम्ब संसद बैठक बोलाउन मागसहित सडकमा उत्रिएको बताउनुभयो ।
पार्टीका जिल्ला सभापती उद्दब थापाको सभापतित्वमा भएको सो सभामा पार्टीका अर्का केन्द्रीय सदस्य भारतेन्दु मल्लिक , दिलीप राई, लगायतले सम्बोधन गर्नु भएको थियो ।

जिल्ला सचिव प्रेम सम्बाम्फे र ताराबिर कटवालले संचालन गर्नु भएको कार्यक्रममा स्वागत जÞिल्ला उपसभापती राम कट्टेलले गर्नु भएको थियो ।

कांग्रेस केन्द्रीय समितिद्वारा पूर्व घोषित कार्यक्रम अनुसार सभा हुनु पहिले जिल्ला बाट भेला भएका हजारौ मोटरसाइकल र गाडी सहित सुरुङ्गामा भेला भई सुरुङ्गादेखि बिर्तामोडसम्म र्याली गरिएको थियो ।

र्यालीमा २० हजार भंदा बढीको सहभागिता रहेको कांग्रेस झापाले जनाएको छ । उपसभापति राम कट्टेलले स्वागत गर्नुभएको विरोधसभाको सञ्चालन सचिवद्वय ताराविर कटुवाल र प्रेम सम्बाहाम्फेले सञ्चालन गर्नुभएको थियो ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुमा दुब्र्यवहार गरिएपछि नेपाली कांग्रेस सडक प्रदर्शनको निर्णयमा पुगेको थियो । एकैदिन र एकैसमय पारेर गरिएको देशब्यापी विरोध प्रदर्शन अन्तरगत प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा कांग्रेसले मानवसागर उतारेको हो । पाँचवटै निर्वाचन क्षेत्र, १५ वटै स्थानीय तहका १३१ वटै वडाका क्रियाशिल कांग्रेस कार्यकर्ताहरुको सहभागिता रहेको विरोध प्रदर्शनमा मानव सागर उर्लिएको थियो ।

Previous Post

हिंसामुक्त समाजका लागि आफूबाटै शुरुवात गर्न जोड

Next Post

महिला सदस्यलाई क्षमता अभिबृदी तालिम

Sushila Sangraula

Sushila Sangraula

Next Post

महिला सदस्यलाई क्षमता अभिबृदी तालिम

Discussion about this post

ताजाअपडेट

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021
प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

February 23, 2021
भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

February 21, 2021
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

सूचना !!!

Holler Box