विर्तामोड १९ मंसिर । नेपालीकांग्रेस झापाको पदाधिकारी बैठक आज सम्पन्न भएको छ । नेपालीकांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा सम्पन्न पदाधिकारीको बैठकले मंसिर १८ गते झापाको मेचीनगर नगरपालिकाकी उपमेयरका विषयमा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ–‘नेपाली कांग्रेस हत्या, हिंसा, तोडफोड, आगजनी जस्ता अराजक र आतंकित गतिविधिहरुको विपक्षमा रहेको र यस्ता उछृङ्खल गतिविधिहरुलाई निरुत्साहित मात्र होइन सदाका लागि निर्मूल गर्नुपर्छ भन्ने मान्यता राख्दछ । अतःनेपाली कांग्रेस र कांग्रेससँग सम्बद्ध भातृ तथा शुभेच्छुक संस्थाहरु समाचारमा आए जस्तो घटनामा संलग्न नरहेको र कहिले पनि नरहने कुरा जानकारी गराउँदछौं । ’
लोकतान्त्रिक पद्दतिको उपहास गर्दै सरकारको निर्देशनमा प्रशासनबाट नेपाली कांग्रेसका बरिष्ठ नेता भद्र एवं शालीन ब्यक्तित्व रामचन्द्र पौडेलमाथि भएको दुब्र्यवहार सर्वथा निन्दनीय रहेको उल्लेख गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ–‘अवउप्रान्त यस प्रकारका कार्य नदोहो¥याउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं, साथै उक्त घटनाका दोषी उपर तत्काल कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछौं ।’
बरिष्ठ नेता पौडेलमाथि भएको दुब्र्यवहार आम लोकतन्त्रवादीहरुका लागि असैह्य हुने विज्ञप्तिमा जनाइएको छ । संघीय गणतन्त्र नेपालको संविधाननिर्माण, लोकतान्त्रिक ब्यवस्था स्थापना, वार्ता, संवाद र छलफलका माध्यमबाट सशस्त्रद्वन्द्वको समूल अन्त्य गर्दै मुलुकलाई यहाँसम्म ल्याउन कांग्रेसले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै विज्ञप्तिमा विधिको शासन स्थापना, राष्ट्र र जनताको समुन्नतिका लागि कांग्रेस दृढ रहेको उल्लेख गरिएको छ ।
Discussion about this post