बिर्तामोड १९ मंसिर । झापामा भोली हुने राष्ट्रिय प्रजातन्त्र पार्टीको वृहत मोटरसाईकल र्यालीको तयारी तीव्र पारिएको जनाएको छ । कार्यक्रममा दशौँ हजारको संख्यामा सहभागिता गराउने राप्रपाको तयारी रहेकोछ ।
स्वस्फूर्त रूपमा राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा देशभर भइरहेको र्यालीप्रति ऐक्यवद्धता जनाउँदै राप्रपा झापाले मोटरसाइकल र्यालीको आयोजना गर्ने तयारी गरेको हो । देशव्यापी आन्दोलनमा ऐक्यवद्धता रहेको छ भने झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व महामन्त्री तथा झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभाका सांसद राजेन्द्र लिङदेनको अगुवाइमा हुने शुक्रवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभावलगायत जनजिविकासँग सम्बन्धित विषयमा जनदवाब सिर्जना गर्न र्यालीको आयोजना गर्न लागिएको राप्रपाका झापाका अध्यक्ष अमरबहादुर विष्टले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उहाँले ¥यालीमा समान विचार राख्ने सबै व्यक्ति, संगठन र पार्टीलाई राष्ट्रिय झण्डा, आ–आफ्नो संस्था, संगठन र पार्टीको झण्डासहित सहभागी हुने बताउनुभयो ।
शनिबार हुने प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टा प्रस्थान गर्नेछन् । हरेक स्थानीय तहबाट ११ बजे र्याली निस्कने र काँकडभिट्टा जानेछ । दिउँसो साढे १२ बजे काँकडभिट्टाबाट उद्घाटन पश्चात एकीकृत र्याली प्रारम्भ हुनेछ ।
साढे एक बजे बिर्तामोडमा संक्षिप्त कोणसभासहित कार्यक्रम सम्पन्न हुने र्यालीका संयोजक ध्रुव उप्रेतीले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी हुनेले स्व्वस्थ्य सामग्रीको अनिवार्य प्रयोग गर्नुपर्ने बताइएको छ । र्यालीको पूर्व सन्ध्यामा आज विहान राप्रपा निकट मिडिया नेपालले जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी शान्तिपूर्ण प्रदर्शनमा उत्साहजनक सहभागिता रहने जनाएको छ ।
कोरोना संक्रमण र यसबाट सिर्जित परिस्थितिका बीच सरकार आन्तरिक विवादमा फसेको जनाउँदै राप्रपा नेताहरुले जनताका पक्षमा आफ्नो प्रदर्शन केन्द्रीत गर्ने जनाएका छन् भने कार्यक्रममा १७ जना केन्द्रीय सदस्यहरुको सहभागिता रहने बताइएको छ ।
राप्रपा झापाका अध्यक्ष अमरबहादुर विष्टले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप भए त्यसको परिणाम गम्भीर हुने चेतावनी दिनुभयो । प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय उपाध्यक्ष एवम् र्यालीका संयोजक ध्रुव उप्रेतीले १० हजार मोटरसाइकल र तीनसय वटा भन्दाबढी साना गाडीमा मानिस सहभागी हुने निश्चित भएको बताउनुभयो । कार्यक्रमको सञ्चालन मिडिया नेपालका केन्द्रीय सदस्य लिला अनमोलले गर्नुभएको थियो भने
Discussion about this post