• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home स्थानीय तह

शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र’ को स्तरोन्नतिसँगै ‘शिवगञ्ज आधारभुत अस्पताल बन्ने

Sushila Sangraula by Sushila Sangraula
December 3, 2020
in स्थानीय तह
0
शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र’ को स्तरोन्नतिसँगै ‘शिवगञ्ज आधारभुत अस्पताल  बन्ने
0
SHARES
148
VIEWS
Share on FacebookShare on Twitter

शिवसताक्षि । शिवगञ्ज र शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नति हुने भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा रहेकोे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शैयाको अस्पताल बनाउने तयारी सुरु भएको वडा अध्यक्ष मनोज खुलाल कार्कीले बताउनुभयो ।

‘शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र’ को स्तरोन्नतिसँगै ‘शिवगञ्ज आधारभुत अस्पताल’ नामकरण गरिएको वडा अध्यक्ष खुलालले बताउनुभएको हो । ‘प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा स्तरोन्नति भएसँगै यहाँबाट प्रदान गरिने सेवा पनि विस्तार हुने भएको छ । आवश्यक दक्ष जनशक्तिको पनि व्यवस्थापन हुने शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले बताए् । नगरप्रमुख शेर्मा भन्नुभयो–‘अब भौतिक पूर्वाधार तथा औजारको व्यवस्थापन गरेर अस्पतालबाट हुने सेवा यहीँबाट सुरु हुन्छ ।’ बिरामीको अन्यत्र जानुपर्ने बाध्यता समेत हट्ने नगर प्रमुख शेर्माले बताउनुभयो ।

शिवगञ्ज आधारभुत अस्पतालमा ३ जना मेडिकल अधिकृत सहित २७ जनाको दरबन्दी हुने छ । शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रले यस अघि सर्बसाधरणलाई अस्पतालबाट प्रदान गरिने सेवा दिँदै आएको थियो । पछिल्ला दिनमा स्वास्थ्य केन्द्रमा कार्यरत एमविविएस डक्टरको सरुवा भएपछि त्यो सेवा प्रभावित बनेको थियो ।

अस्पताल निर्माणका लागि जनआदर्श माध्यमिक विद्यालयले १ विघाह जग्गा शिवगञ्ज आधारभुत अस्पतालाई प्रदान गरेपछि शिवगञ्जमा १५ शैयाको आधारभुत अस्पताल भित्रिएको हो । प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष समेत रहेका वडा नम्बर ६ का अध्यक्ष मनोज खुलाल कार्कीले शिवसताक्षी नगरमा आफ्नो अथक प्रयास पछि शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गराउन सफल भएको सुनाउनुभयो ।

‘शिवसताक्षी नगरलाई स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन र स्वास्थ्यका क्षेत्रमा नगरवासीको पहुँच विस्तार गर्न १५ शैयाको अस्पताल विस्तार गर्न सबैको रचनात्मक सहयोग छ,’ उहाँले भन्नुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी थप गुणस्तरीय सेवा प्रदान हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । दक्ष र अनुभवी चिकित्सकद्वारा आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा लिन पाउने भएपछि समय र खर्चको बचत हुनाका साथै स्वास्थ्य उपचारको अभावकै कारण अकालमै ज्यान गुमाउने पीडादायी अवस्थाको पनि अन्त्य हुने स्थानीयवासीको विश्वास छ ।

शिवगञ्जमा आधारभुत अस्पताल स्थापना भएपछि शिवसताक्षी नगरपालिकाको सबै वडा सहित झापा गाँउपालिका, गौरिगञ्ज गाँउपालिका, गौरादह नगरपालिका र कमल गाँउपालिकाको केही वडाका स्थानीय लाभान्वित हुने भएका छन ।

प्राथमिक स्वास्थ्य केन्द्रबाट शिवगञ्ज आधारभुत अस्पतालमा स्तरोन्नति हुँदा सामान्य शल्यक्रिया सेवा, जटिल प्रकारका प्रसूति सेवा, हर्निया, हाइड्रोसिल, एपेन्डिक्सजस्ता रोगको शल्यक्रिया सेवा दिन सकिन्छ’, शिवसताक्षँी नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, ‘आवश्यकतानुसार तालिम प्रदान गर्ने तथा दक्ष जनशक्तिद्वारा गुणस्तरीय सेवाका साथै यसअघि प्रदान भइरहेका सेवालाई थप व्यवस्थित गर्दै अस्पतालको सबै सेवाको स्तरलाई पनि बढाउँदै जानेछौँ ।’

शिवसताक्षी नगरपालिकाले बिहीबार शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र परिषरमा एक कार्यक्रमको आयोजना गरि शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले शिलान्यास गरेका छन् । वडा अध्यक्ष मनोज खुलाल कार्कीको अध्यक्षता भएको कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाल, नेपाली कांग्रेस महासमिति सदस्य भक्ति सिटौला, नेकपाका झापा सचिवालय सदस्य राधाकृष्ण खनाल, नेकपाका शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराई, नेपाली कांग्रेस शिवसताक्षीका सभापति पर्शुराम ढुँगाना लगायतले विषम परिस्थितीमा पनि सरकारले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर बृद्धी गरी शिवगञ्ज आधारभुत अस्पताल निर्माण गर्ने कार्यको प्रसंसा गर्नुभएको थियो ।

सामाजिक विकास समितिका संयोजक छबिलाल पाठकले स्वागत गरेको कार्यक्रम नगरकी प्रमुख प्रसासकिय अधिकृत गीताकुमारी राईले संचालन गर्नुभएको थियो । अस्पताल निर्माणका लागि १८ करोड बजेट विनियोज भएको छ । विनियोजित मध्ये ३ करोड २३ लाख रुपैयाँ चालु वर्षमा खर्चहुने गरी निकासा भएको वडा अध्यक्ष खुलालले बताउनुभयो । उहाँका अनुसार २ वर्ष भित्रमा अस्पतालको भवन निर्माण हुनेछ ।

Previous Post

बयलगाडा चढेर गणतन्त्र आउँदैन भन्ने मान्छे आज राष्ट्रवादको हिरो बन्नसक्दैन–पौडेल

Next Post

राप्रपाको आयोजनामा भोली झापामा हुने र्यालीको तयारी तीब्र

Sushila Sangraula

Sushila Sangraula

Next Post
राप्रपाको आयोजनामा भोली झापामा हुने र्यालीको तयारी तीब्र

राप्रपाको आयोजनामा भोली झापामा हुने र्यालीको तयारी तीब्र

Discussion about this post

ताजाअपडेट

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023
‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

August 24, 2023
पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

August 24, 2023
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • Uncategorized
  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.