बिर्तामोड १८ मंसीर । बिहीवार नेपाल आयल निगमको चारआलीस्थित डिपोमा आयोजित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेतीमाथिको आक्रमण भएको भन्ने निराधार रहेको र प्रचारमा आएको जस्तो नभएको भन्दै बिहीवार नेपाल विद्यार्थी संघले विज्ञप्ति जारी गरेको छ ।
हिजो मंसीर १७ गते तनहुँमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रशासनले नियन्त्रणमा लिएको विरोधमा झापामा विहीबार सरकारी गाडी सञ्चालन गर्न नदिने नेपाल बिद्यार्थी संघ जिल्लाको निर्देशन अनुसार नगरपालिकाको गाडीमा सवार उप्रेतीलाई सरकारी गाडी प्रयोग नगर्न आग्रह गर्दागर्दै उपप्रमुखले जबरजस्ती गरेको नेविसंघद्वारा प्रकाशित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिज्ञप्तिमा भनिएको छ विद्यार्थीहरुले गरेको आग्रहलाई बेवास्ता गर्दै उपप्रमुख उप्रेतीले ड्राइभरलाई जबरजस्ती गाडी अगाडि बढाउन खोज्दा नेविसंघका एक विद्यार्थीलाई ठोक्किएको बताइएको छ ।
जबरजस्ती गरेर अघि बढ्न खोज्दा समस्या भएको पेट्रोल छर्किएर जलाउन खोजेको भनेर झुटो प्रचारबाजी गरेको सभापति उप्रेतीको भनाई छ । उहाँले भन्नुभयो–‘नेविसंघले त्यस्तो कार्य गर्नै सक्दैन, पेट्रोल छर्केर आगो लगाउन खोजेको भनेर उपमेयरले आगामी निर्वाचनका लागि पनि सिम्पेथी बटुल्न खोजेको हो’ उहाँले अगाडि भन्नुभयो–‘झुटा प्रचार गराएर विद्यार्थीलाई फसाउन खोजेको हो, हाम्रो पूर्व निर्धारित विरोधको कार्यक्रम अनुसार सरकारी गाडी नचलाउन हामीले आग्रह गरेका हौं ।’
उनी चढेको मे १ झ १७२ नम्बरको गाडी मेचीनगर–१३ चारआली चोकबाट लगभग पाँच सय मिटर पूर्वमा विद्यार्थी र उपप्रमुखबीच भनाभन भएको बताइएको छ ।
Discussion about this post