---
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
Advertisement
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home समसामयिक

पत्रकार कुटपिट र दुव्र्यवहार गर्नेमाथी कारवाही नभए आन्दोलनमा उत्रने चेतावनी

Sushila Sangraula by Sushila Sangraula
December 2, 2020
in समसामयिक
0
पत्रकार कुटपिट र दुव्र्यवहार गर्नेमाथी कारवाही नभए आन्दोलनमा उत्रने चेतावनी
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड १७ मंसीर । अनुसन्धान अनलाइन टिभीका सम्पादक खगेन्द्र घिमिरे, क्यामेरा पर्सन भाष्कर श्रेष्ठलाई मालपोत कार्यालय दमक र न्युज २४ टेलिभिजनका झापा सम्वाददाता राजु पौडेल र पत्रकार नारायण अर्यालमाथि भद्रपुर भन्सारका कर्मचारी र व्यापारीले गरेको कुटपिट र दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ झापा शाखा र पत्रकारजन्य संगठनहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, प्रेस संगठन झापाका अध्यक्ष मुक्ति पौडेल, नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, मिडिया नेपालका अध्यक्ष रञ्जित प्रसाई, प्रेस नेपाल झापाका अध्यक्ष देशराज नेम्बाङ, नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भत्र्सना गरेका हुन् ।

मंसिर १६ गते शिवसताक्षीका सेवाग्राही कर्मचारी इन्द्र राजवंशीलाई १० हजार रुपैया घुस दिएको भिडियो खिचिरहेको अवस्थामा पत्रकार घिमिरे र क्यामरा पर्सन श्रेष्ठको क्यामरा खोसेर मालपोत कार्यालय दमकका कर्मचारीले कुटपीट तथा हुलहुज्जत गरेका थिए ।

यसैगरी गत मंसिर १२ गते भद्रपुर भन्सार कार्यालयका कर्मचारी डोरराज सुनुवार र भद्रपुरका ब्यापारी सुवोध कोठारीले भन्सार छलेर सामान भित्र्याएको विषयको समाचार प्रकाशन÷प्रशारण नगर्न दवाव दिदै ५० हजार रुपैया घुस दिन खोज्दा अस्वीकार गरेपछि न्युज २४ टेलिभिजनका पत्रकार राजु पौडेल र नारायण अर्यालको क्यामरा खोस्दै कुटपीट गरेका थिए ।

नेपाल पत्रकार महासंघ झापा शाखा र पत्रकारजन्य संघ–संस्थाले दुवै घटनाको निन्दा र भत्र्सना गर्दै दोषीमाथि अविलम्ब कारबाही गर्न प्रहरी प्रशासनसमक्ष माग गरेका छन् ।

पत्रकार घिमिरे र श्रेष्ठले कुटपीटमा संलग्न राजवंशी र लेखापढीमा संलग्न ब्यक्तिलाई अविलम्ब कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिइसकेपनि प्रहरी प्रशासनले कुटपीटमा संलग्नमाथि कारबाहीमा देखाएको विलम्वप्रति विज्ञप्तिमार्फ गम्भिर आपत्ति प्रकट गरिएको छ । दुवै घटनामा संलग्न कर्मचारी तथा व्यक्तिलाई तत्काल कारबाही नगरे आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ ।

Previous Post

लैङ्गिक हिंसा न्यूनिकरणमा आत्ममिक्षा गरौं

Next Post

‘उपप्रमुखमाथि आक्रमण भएको भनि प्रचारमा आएको हल्ला निराधार’

Sushila Sangraula

Sushila Sangraula

Next Post
‘उपप्रमुखमाथि आक्रमण भएको भनि प्रचारमा आएको हल्ला निराधार’

‘उपप्रमुखमाथि आक्रमण भएको भनि प्रचारमा आएको हल्ला निराधार’

Discussion about this post

ताजाअपडेट

वीरता जेडी जसीजको स्थापना दिवसमा वृद्धवृद्धालाई सहयोग

वीरता जेडी जसीजको स्थापना दिवसमा वृद्धवृद्धालाई सहयोग

January 23, 2021
जन्मदिनको अवसरमा नारी सञ्चारगृहलाई सहयोग प्रदान

जन्मदिनको अवसरमा नारी सञ्चारगृहलाई सहयोग प्रदान

January 22, 2021
वीरता लेडी जेसीजको उद्घोषण तालिम सम्पन्न

वीरता लेडी जेसीजको उद्घोषण तालिम सम्पन्न

January 22, 2021
ओली सरकार गुट र गिरोहको पक्षमा

ओली सरकार गुट र गिरोहको पक्षमा

January 22, 2021
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

वीरता जेडी जसीजको स्थापना दिवसमा वृद्धवृद्धालाई सहयोग

वीरता जेडी जसीजको स्थापना दिवसमा वृद्धवृद्धालाई सहयोग

January 23, 2021
जन्मदिनको अवसरमा नारी सञ्चारगृहलाई सहयोग प्रदान

जन्मदिनको अवसरमा नारी सञ्चारगृहलाई सहयोग प्रदान

January 22, 2021

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

सूचना !!!

Holler Box