---
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
Advertisement
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home कोरोना भाइरस

आज एकैदिनमा १ हजार ९ सय ११ जनामा कोरोना पुष्टि

Sushila Sangraula by Sushila Sangraula
October 1, 2020
in कोरोना भाइरस, ब्यानर न्युज
0
आज एकैदिनमा १ हजार ९ सय ११ जनामा कोरोना पुष्टि
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड । झापाको बिर्तामोडमा एक चिकित्सक र प्रहरीका एक सईसहित चार जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेहरुमा संजीवनी हस्पिटल बिर्तामोडका एक चिकित्सक र इलाका प्रहरी कार्यालय बिर्तामोडका सई रहेका छन् । बिर्तामोड नगरपालिका ३ बस्ने सजींवनीका चिकित्सकलाई संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताउनुभयो ।

त्यस्तै इटहरी उपमहानगरपालिका २ ठेगाना भई इप्रका बिर्तामोडका प्रहरी नायव निरीक्षकलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै बिर्तामोड वडा नं ५ र ८का दुई स्थानीय महिलालाई पनि आजै संक्रमण देखिएको खड्काले जानकारी दिएका छन्

त्यस्तै । नेपालमा आज देशभरी एक हजार ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७२८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा एक हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको छ । देशभरका संस्थागत आइसोलेसन १० हजार ७६१ जना र होम आइसोलेसनमा ११ हजार ६९ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ७७ जना क्रुवारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ३३ हजार ९४७ जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार देशभर २५ कोरोना संक्रमितको भेन्टिलेटरमा र २२० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९६१ जना देशभरका विभिन्रुन अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१.९ प्रतिशत रहेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले मोरङ, सिरहा, सुनसरी, काठमाडौं, ललितपुर, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, डोल्पा र मुगुमा संक्रमण शून्यमा झरेको छ।

Previous Post

भर्ना शुल्क बढाउने बिद्यालयलाई नेविसंघद्वारा कारवाहीको माग

Next Post

एनएमसीले गर्यो ३६१ जना जेष्ठ सदस्यलाई सम्मान

Sushila Sangraula

Sushila Sangraula

Next Post
एनएमसीले गर्यो ३६१ जना जेष्ठ सदस्यलाई सम्मान

एनएमसीले गर्यो ३६१ जना जेष्ठ सदस्यलाई सम्मान

Discussion about this post

ताजाअपडेट

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021
प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

February 23, 2021
भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

February 21, 2021
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

सूचना !!!

Holler Box