---
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
Advertisement
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home ब्यानर न्युज

कालोबजारी नियन्त्रण गर्न चाडपर्व लक्षित सुरक्षा योजना ल्याइने

Sushila Sangraula by Sushila Sangraula
September 29, 2020
in ब्यानर न्युज
0
कालोबजारी नियन्त्रण गर्न चाडपर्व लक्षित सुरक्षा योजना ल्याइने
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले चाडपर्व भित्रिएसँगै बजारमा हुने मूल्य वृद्धि, कृतिम अभाव लगायतका कालोबजारी नियन्त्रण गर्न स्थानीय सरकार र सबै सरोकारवालासँग समन्वय गरेर तत्काल काम थाल्ने बताएका छन् ।

मंगलबार बिर्तामोडमा आयोजित समसामयिक विषयको छलफल कार्यक्रममा बोल्दै उनले उपभोक्ता अधिकार रक्षाका लागि जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकारसहितका निकायसँग समन्वय गरेर अघि बढ्ने बताएका हुन् । राष्टिूय उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बा लगायतले उपभोक्ता अधिकारका विषयमा प्रजिअ तिमिल्सिनाको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रजिअ तिमिल्सिनाले प्राप्त सुझावलाई ध्यानमा राख्दै कोरोना संक्रमणको जोखिम कम गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था मिलाउन चाडपर्व लक्षित विशेष योजना ल्याउने समेत बताएका छन् । चाडपर्वकै बेला जनजीवनलाई सहज बनाउन उनले सबै क्षेत्रको सहयोगको आवश्यकता औल्याएका छन् । छलफलमा उपस्थित विभिन्न क्षेत्रका प्रतिनिधिले प्रजिअ तिमिल्सिना तथा प्रहरी प्रमुखहरुलाई सुझाव दिएका थिए । त्यसक्रममा पेटूोलियमको सहज उपलब्धता, लागूऔषध नियन्त्रण, महिला लथा बालबालिका हिंसा नियन्त्रण, विद्युतको अनियमित सेवा,चोरी तस्करी नियन्त्रण, स्थानीय सरकारका कर, मलको व्यवस्थापन, यातायातमा हुने भीडभाड लगायतका समस्या समाधानमा प्रजिअको ध्यानाकर्षण गराइएको थियो ।

सामाजिक अभियन्ता तथा सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जिल्लामा लागूऔषध नियन्त्रण प्रमुख चुनौतीको रुपमा देखिएको भन्दै उक्त समस्या समाधानका लागि सबै पक्ष एकीकृत ढंगले लाग्नुपर्नेमा जोड दिनुनयभो ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण चिमरिया, संघका महासचिव तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल कम्युनिष्ट पार्टीकी नेतृ लक्ष्मी न्यौपाने सरु, नेपाली कांग्रेसकी नेतृ शुसिला ढकाल आचार्य, एबीसी नेपालकी अध्यक्ष कञ्चना सिटौला, चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, मेची पेटूोलियम डिलर्स एसोसिएसनका अध्यक्ष नवीन कोइराला लगायतले विभिन्न सुझाव राखेका थिए ।

संवाद समूहको युवा टिमका सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको छलफलमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोइराला, सशस्त्र प्रहरी उपरिक्षक रमेशकुमार पाण्डे, राष्टिूय अनुसन्धान कार्यालयका अनुसन्धान उपनिर्देशक तिलक प्रसाईं, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख मुकुन्द रिजाल, जिल्ला टूाफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जबेगूलाई समेत सहभागीले सुरक्षा लगायतका विषयमा विभिन्न सुझाव दिएका थिए ।

रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराई, चेम्बर आफ कमर्श झापाका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, युनिकम नेपालका अध्यक्ष गजेन्द्रबहादुर पौडेल, एकका लागि एक अभियानका सदस्य हरि शर्मा, पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई, वैदेशिक रोजगार व्यवसायी संघका तर्फबाट भानु शिवाकोटी, ट्रेड युनियन कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेल, राप्रपाकी महिला नेतृ शारदा रिजाल, महिला चेम्बर झापाकी अध्यक्ष प्रेमा भट्टराई, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाकी उर्मिला विमली खरेल, वीरता जेसीजका कुशल खतिवडा लगायतले समेत सुझाव राखेका थिए ।

संवाद समूहको संयोजनमा भएको छलफलको सहजीकरण अधिवक्ता खगेन्द्र खरेलले गर्नुभएको थियो ।

Previous Post

कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको घटनामा सरकार जिम्मेवार हुन आग्रह

Next Post

सीडीओ तिम्सिनालाई स्वागत, अभियान्ता गिरीलाई बधाई

Sushila Sangraula

Sushila Sangraula

Next Post
सीडीओ तिम्सिनालाई स्वागत, अभियान्ता गिरीलाई बधाई

सीडीओ तिम्सिनालाई स्वागत, अभियान्ता गिरीलाई बधाई

Discussion about this post

ताजाअपडेट

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021
प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

February 23, 2021
भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

February 21, 2021
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

सूचना !!!

Holler Box