झापा । कनकाई नगरपालिकामा अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नं ९ का ४४ वर्षिय पुरुष रहेका छन् ।
थप उपचारका लागि लगिएका कोरोना संक्रमितको विराटनगरस्थित कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा गएराति मृत्यु भएको छ । राति १०ः४५ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि ती संक्रमितलाई मेची अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
शरीर कमजोर हुने, ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब संकलन गरेर पिसिआर परीक्षण गराउँदा पुरुषको रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ । झापामा उपचाररत रहँदा अवस्था गम्भीर बन्दै गएपछि शनिबार राति थप उपचारका लागि विराटनगर लगिएको थियो । उनको पिसिआर रिपोर्ट आएकै दिन राति मृत्यु भएको हो ।
हिजो उहाँको रिपोर्ट पोजिटिभ आएको थियो । आदर्श विद्या मन्दिर घैलाडुब्बाका कर्मचारी रहेका ती संक्रमित केही दिनदेखि अस्वस्थ्य रहेका थिए । मृत्युपछि प्रहरीले संक्रमितको घर सिल गरेको छ । संक्रमितको शवलाई व्यवस्थापन गर्न नेपाली सेनालाई खबर गरिएको वडाध्यक्ष प्रेम राजवंशीले बताए । योसँगै कनकाईमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या दुई र जिल्लामा ७ पुगेको छ ।
त्यस्तै प्रदेश १ मा आज १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेह«थुम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १ सय ३० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा ५१ महिला र ७९ जना पुरुष रहेका छन् । मोरंगको कटहरीमा ८ महिला ९ पुरुष, बुढीगंगामा ३ महिला ११ पुरुष, जहदा र धनपालथानमा २–२ पुरुष, सुन्दरहरैचा र स्थानीय तह नखुलेका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता सुनसरीको दुहवीमा १ महिला ४ पुरुष, धरान र इटहरीमा १–१ पुरुष, झापाको विर्तामोडमा १ महिला, अर्जुनधारा र दमकमा १–१ पुरुष, भोजपुरको स्थानीय तह नखुलेका १ महिला १ पुरुष, ते(हथुमको लालीगुराँसमा १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको छ ।
प्रदेश १ मा आज ३६ जना डिस्चार्ज भएका छन् । इलाम अस्पताल आईसोलेसन केन्द्रबाट १९, झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट १२, न्युरो अस्पताल विराटनगरबाट ३, मारवाडी सेवा सदन आईसोलेसनबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ८२५ पुगेको छ ।
प्रदेश १ मा आज ९ सय ६७ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये ६५ महिला र ११६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २० हजार ९९० जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Discussion about this post