---
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
Advertisement
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home स्थानीय तह

मेचीनगरका विभिन्न विधाका पाँचजना कर्मचारी पुरस्कृत

Sushila Sangraula by Sushila Sangraula
September 26, 2020
in स्थानीय तह
0
मेचीनगरका विभिन्न विधाका पाँचजना कर्मचारी पुरस्कृत
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा । मेचीनगर नगरपालिकाले विभिन्न विधाका पाँचजनालाई वर्षउत्कृष्ट कर्मचारीकाकारुपमा सम्मान तथा पुस्कृत गरेको छ । शुक्रबार नगरपालिकाको आर्थिक वर्ष २०७६÷२०७७ को वार्षिक समिक्षा गोष्ठीका अवसरमा उनीहरुलाई सम्मान तथा पुस्कृत गरेको हो ।

यसरी पुरस्कृत तथा सम्मानितहुनेहरुमा इञ्जिनियर इन्द्रबहादुर थापा स्वास्थ्यकर्मी लेखनाथ खतिवडा, वडा सचिव युवराज पोखरेल, सामाजिक परिचालिका अनिता राजबंशी र मरणोपरान्त चुनु नेपाल रहेका छन् । पुरस्कारको राशी जनही नगद २० हजार रुपैयाँसहित सम्मान पत्र रहेको छ ।

नगरप्रमुख विमल आचार्य उपप्रमुख मीना पोखरेल उप्रेतीले सवैलाई नगदसहित अविर टीका र सम्मान पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा कार्यालयले आर्थिक वर्ष २०७६÷२०७७ मा भए गरेका कामको वार्षिक समिक्षा गरिएको थियो । सामाजिक विकास तथा प्रशासन शाखाको तर्फबाट वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले प्रस्तुत गरेको वार्षिक गतिविधिमा कार्यालयको वार्षिक झलक प्रष्टरुपमा उतारिएको छ ।

हाल कार्यालयमा स्थायी, अस्थायी करारमा गरी विभिन्न तहका २ सय ६९ जना कर्मचारी कार्यरत रहेको, आर्थिक वर्ष २०७६÷२०७७ मा कार्यपालिकाकोे ३७ पछक वैठक सम्पन्न भई ३ सय २ वटा निर्णय भएकोे उहाँले प्रस्तुुतीमा उल्लेख छ । चूनौतीहरु, सवल र कमजोर पक्षदेखि हरेक वडाकोे वडागत समिष्टगत विवरण प्रशासकीय अधिकृत वस्तीले प्रस्तुत गरेको वार्षिक गतिविधिमा समावेश गरिएको छ ।

यसैैगरशिक्षा शाखाको तर्फबाट नगर शिक्षा अधिकारी होमनाथ भण्डारी आफ्नो प्रस्तुती दिनुभएको थियो । उहाँले एकवर्षको अवधिमा नगरभित्र सञ्चालनमा रहेका विद्यालयको शैैक्षिकस्तर सुधारदेखि शिक्षकहरुको क्षमता अभिवृद्घि गर्न बेला बखत आयोजना गरिएका तालिम त्यसमा खर्च भएको बजेट र विभिन्न खालका छात्रावृत्तिका बारेमा भण्डारीले वार्षिक गतिविधिलगायत अन्य धेरै विषय गोष्ठीमा प्रस्तुत गर्नुभयो ।

आर्थिक विकास शाखाकातर्फबाट शाखा प्रमुख दीपेन्द्र काकीले प्रस्तुत गरेकोे गतिविधि झलकमा होमस्टेदेखि विउविजन वितरण कार्यक्रम, वायो ग्यास प्लान्ट निर्माण, प्रहरी साझेदारी कार्यक्रम, माटो परीक्षण सहकारी ऐन, हात्ती पीडित राहत वितरणका लागि गरिएका सिफारीस बजार अनुगमनलगायतका विषय समेटिएका छन् ।

स्वास्थ्य शाखाको तर्फबाट शाखा संयोजक शशीकला राईले शाखाले वर्षभरि स्वास्थ्यकाक्षेत्रमा गरेको कामको उपलब्धि जानकारी गराउनुभयो । उहाँको प्रस्तुतीमा पालिकास्तरीय मासीक वैठक प्रत्येक महिनाको ४ गते बस्ने र सोवापत एकवर्षमा १ लाख ५५ हजार ६ सय रुपैयाँ खर्च भएको बताउनुभयो । खोेप कार्यक्रम, महिला स्वास्थ्य स्वयम् सेविका कार्यक्रम, हात्ती पाईले रोग निवारण कार्यक्रम, स्वास्थ्य सम्बन्धि विभिन्न दिवस, निःशुल्क औषधि आपूर्ति क्षय तथा कुष्ठरोग नियन्त्रण कार्यक्रम, बहिरंग सेवा तथा नोवल कोरोना भाइरस कोेभिड १९ कोे नियन्त्रण र रोकथामलगायतका विभिन्न कार्र्यक्रम सञ्चालन गरिएकोे गोष्ठीमा राईले प्रस्तुत गरेको झलकमा उल्लेख छ ।

आर्थिक प्रशासन शाखा र राजस्व शाखाको तर्फबाट चक्रपाणि खनालले आर्थि पक्षको वार्षिक गतिविधि प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गरेको झलकमा नगरपालिकाले एकवर्षमा २० वटा शीर्षकमा कर असुली गरेको र प्रत्येक वडाले नगदी तथा सम्पति कर रसीद वार्षिकरुपमा कति काटिन्छ र त्यसले कति आम्दानी गरेकोे गरेको प्रष्ट पारिएको छ । पूर्वाधार विकास शाखाका इञ्जिनियर कमल कोइरालाले शाखाले वर्षभरिमा गरेका योजना र त्यसको लाग्तका बारेमा चर्चा गर्नुुभयो । उहाँले शौचालय तर्र्फ, डष्टविन, स्टेज, सोलार बत्ती, स्टेज, टहरा, बोरिङ ड्रेन भवन योजनालगायतका विवरण प्रस्तुत गर्नुभयो । उहाँहरुको प्रस्तुुीकरणमा वडाध्यक्षलगायत कार्यपालिका सदस्यहरुले सुझाव दिनुभएको थियो ।

नगरप्रमुख विमल आचार्यले कार्यक्रमको अध्यक्षता गदैं जनप्रतिनिधि कर्मचारीबीचको सम्बन्ध अत्यन्तै समधुर हुनुपर्ने भन्दैं अघिल्ला समयका कमि कमजोरीलाई सुधारेर अघि बढ्न जोड दिनुभयो । जनप्रतिनिधि र कर्मचारीबीचको समबन्ध समधुर भए कार्यालयको दैनिक कार्यसम्पादनमा समेत सहज हुने र सेवाग्राहीले समयमै सेवा लिन सक्ने धारणा राख्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गले सञ्चालन गर्नुभएको कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेतीले स्वागतसहित धन्यवाद ज्ञापन गदैं कसैको व्यक्तिगत कारणले संस्थामा आच आउने काम गर्न नहुने भन्दैं एक आपसमा कुनै कुरामा फरक मत भए आपसी छलफल गरेर समाधान खोज्न जोड दिनुभयो । विगतका आर्थिक वर्षदेखि यहाँ सम्म आइपुग्दा जनप्रतिनिधि र कर्मचारी कति सफल भयौं कति असफल भयौं त्यसको समिषा गर्न आवश्यक रहेको उहाँको तर्क थियो ।

Previous Post

यामाहा कम्पनीको नयाँ स्कुटर रे जेडआर १२५ एफआइ सार्वजनिक

Next Post

व्यापारीसँग पैसा लिंदै गर्दा चार प्रहरी निलम्वित

Sushila Sangraula

Sushila Sangraula

Next Post
व्यापारीसँग पैसा लिंदै गर्दा चार प्रहरी निलम्वित

व्यापारीसँग पैसा लिंदै गर्दा चार प्रहरी निलम्वित

Discussion about this post

ताजाअपडेट

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021
प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

February 23, 2021
भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

February 21, 2021
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

सूचना !!!

Holler Box