---
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
Advertisement
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home राजनीति

‘कम्युनिष्टले बाँडेको झुठा आश्वासन, भ्रमजालमा नभुलिऔं’

Sushila Sangraula by Sushila Sangraula
September 19, 2020
in राजनीति
0
‘कम्युनिष्टले बाँडेको झुठा आश्वासन, भ्रमजालमा नभुलिऔं’
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

इटाभट्टा । झापा मेचीनगर ७ मदनबस्ती (साबिक ज्यामिरगढी)बाट दुइसय १० जना नेकपाका कार्यकर्ता सो पार्टी परित्याग गर्दै आज (भदौ ३ गते) नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकारले गरीब दुःखीको नाममा राजनीति गरेर भ्रष्टाचार, कमिशन, घुसखोरी जस्तो देशघाती कार्य गर्दै माफिया, तस्कर, बिचौलिया दलालहरुको मात्र हित हुने कार्य गरेकोमा असन्तुष्टि जनाउँदै नेकपामा बसेर देश र जनताको भलो गर्न नसकिने ठहर गरी १५ संगठित सदस्यसहित बिनाशर्त नेपाली काँग्रेसमा समाहित भएका हुन् ।

लामो समय कम्युनिष्टले बाँडेको झुठा आश्वासन, भ्रमजाल र भुल भुलैयामा जीवन वर्बाद गरेकोमा पछुतोसहित अब काँग्रेसको बिशाल लोकतानित्रक छहारीमा बसेर देशको सेवामा आफूलाई समर्पित गर्ने नव प्रवेशीहरुले बताएका छन् ।

मेची नगर नगरपालिका वडा नं. ७ द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै झापा काँग्रेस सभापति उद्वव थापाले काँगेसले जनतालाई नढाट्ने र सबैलाई न्याय हुने पक्षपातरहित राजनीति गर्ने बताउँदै पार्टी संगठन निर्माण र जनसेवाका काममा जुटन कार्यकर्ताहरुलाई आव्हान गर्नुभयो ।

नेपाली काँग्रेस जनतामा आधारित पार्टी भएको हुँदा यसले जनमतको कदर गर्दै आम जनताको भलाई हुने काम गर्छ भन्नुहुदै सभापति थापाले कम्युनिष्टहरु कार्यकर्तामा आधारित पर्टी भएकोले उनीहरु आफ्ना कार्यकर्ता पोस्ने र जनतालाई शाषण गर्ने नीतिबाट परिचालि हुने बताउनुभयो ।

संसरमा कम्युनिष्टहरु पतनको दिशामा गइसकेको बताउँदै सभापति थापाले गरीबी, बेरोजगारी, अभाव र बिपननतामा खेलेर जनतालाई भ्रमित पार्दै नेपालमा कम्युनिष्टहरुले संसदीय व्यवस्थामार्फत कम्युनिष्ट अधिनायकवादको निरर्थक प्रयास गरिरहेको भनाइ राख्नुभयो । नेपाली काँग्रेसको जन्म नै दमन, शोषण, उत्पीडन र अत्याचारको बिरोधमा भएको हुँदा अहिले कम्युनिष्टले गरिरहेको राज्यसत्ताको दोहन, शोषण, उत्पीडन र अत्याचारलाई जनताको व्यापक सहभागिताबाट परास्त गरेरै छाड्ने बताउनुभयो ।

विश्वका २४० देशहरुमध्ये उत्तरकोरिया, क्यूवा, चिन, भियतनाममा मात्र कम्युनिष्टको सत्ता रहेको बताउँदै कम्युनिष्टको जन्मस्थान माक्र्स लेनिल, स्तालिन, एगेल्सहरुले शासन गरेको सोभियत रुषमा अहिले कम्युनिष्टको नामो निशान नरहेको बताउँदै अबको बिज्ञान र प्रविधिको युगमा जनतामा आधारित लोकतन्त्रको मात्र भविश्य सुरक्षित रहेको स्पष्ट पार्नुभयो ।

नवप्रवेशीहरुका तर्फबाट मन्तब्य राख्दै एन्जेल प्रधानले कम्युनिष्टको भन्दा नेपाली काँग्रेसको खुल्ला, समाजवादी लोकतान्त्रिक नीति मन परेर आफूहरु बिनाशर्त काँग्रेसमा प्रवेश गरेको बताउँदै ढाँटको राजनीति गर्नेहरुको अहिलेको चर्तिकला देखेर दिक्क भएपछि आफूहरुले सामूहिक रुपमा त्यो पार्टी छोडिदिएको बताउनुभयो ।

सो अवसरमा राजकुमार बातर, ददीराम मैनाली, अर्जुन हुमागाँई, डम्बर बाँस्कोट, बिकु बिर्जा, जाटली बिर्जा, मनोज बातर, कल्टी राजबंशी लगायतका नेकपाका कार्यकर्ता र समर्थकहरुलाई पार्टी सभापति उद्वव थापाले नेपाली काँग्रेसको सदस्यता प्रदान गर्नुभएको थियो ।

पर्टी प्रवेश कार्यक्रममा चारसय बढीले कााग्रेसको सदस्यता ग्रहण गर्ने पूर्व तयारी गरिएको भएपनि सत्ताधारी दलले सत्ता र शक्तिको दुरुपयोग गरेर, मानिसहरुलाई रातारात अपहरणको शैलीमा गायब बनाएपछि २१० नेकपाका कार्यकर्तालाई आज काँग्रेसको सदस्यता बाँडिएको र छिट्टै अरुलाई पनि पार्टी प्रवेश गराइने नेपाली कााग्रेस झापाका कोषध्यक्ष केशवराज पाण्डेले बताउनुभयो ।

नेपाली काँग्रेस मेचीनगर ७ का वडाध्यक्ष कञ्चन बरालको सभापतित्वमा भएको सो पर्टी प्रवेश कार्यक्रममा काँग्रेस जिल्ला उपसभापति राम कट्टेल सचिवहरु तराबीर कटुवाल र प्रेम सम्बाहाम्फे, सभाषद उषा गुरुङ्ग, १ नं. क्षेत्रीय सभापति मणी उप्रेती, नगर सभापति इन्द्र बुढाथोकी, चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ, ट्रेड युनियन कााग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, जिल्ला सदस्यहरु पुष्प पौडेल, टेकबहादुर सुब्बा, तेजप्रसाद चौलागाई, नेपाल तरुण दल जिल्ला अध्यक्ष गोपाल तामाङ लगायतको उपस्थिति रहेको थियो ।

माक्स, सेनेटाइजरको प्रयोग र साबुन पानीले हात धोएर मात्र कार्यक्रकस्थलमा प्रवेशको प्रबन्ध गरिएको सो कार्यक्रमको सञ्चालन सिताराम ढुङ्गानाले गनुृभएको थियो भने स्वागत उत्तम राजवंशीले गर्नुभएको थियो ।

Previous Post

साप्ताहिक हाटबजार बाहेक अन्य व्यवसाय भने खुल्ला गर्ने निर्णय

Next Post

कोरोना संक्रमितको संख्या ६२ हजार नाघ्यो

Sushila Sangraula

Sushila Sangraula

Next Post
कोरोना संक्रमितको संख्या ६२ हजार नाघ्यो

कोरोना संक्रमितको संख्या ६२ हजार नाघ्यो

Discussion about this post

ताजाअपडेट

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021
प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

February 23, 2021
भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

February 21, 2021
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

सूचना !!!

Holler Box