---
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
Advertisement
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home स्थानीय तह

मेचीनगरमा पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा

Sushila Sangraula by Sushila Sangraula
September 18, 2020
in स्थानीय तह
0
मेचीनगरमा पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा । आगामी मंसिर पहिलो साताबाट मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश नम्बर १ को झापा जिल्ला, मेचीनगर १० रघुवीरबाडीस्थित धुलावारी क्याम्पसमा सञ्चालित यो संस्था मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीभिटीको साझेदारी कार्यक्रम अन्तर्गत रहेको छ ।

मेचीनगर नगरपालिकाको शिक्षा शाखाले शुक्रबार नगरप्रमुख विमल आचायृको सभाकक्षमा आयोजना गरेको पत्रकार सम्मेलन गरी कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधारदेखि सवै तयारी भएको जानकारी गराएको हो ।

इन्स्टिच्युटका प्रमुख प्रशासक पुष्पराज पौडेलले नगरका तीनवटा कलेजमा विभिन्न विषयमा अध्ययन गराउने तथा विद्यार्थीहरुको तानातान आफूले चाहेको विषय पढन टाढा टाढा धाउनुपर्ने बाँध्यताको अन्त्यका लागि समेत धुलावारीमा प्राविधिक विषयको पढाई शुरु गर्न लागिएको बताउनुभयो । उहाँले नगरमा रहेका सामुदायिक काँकरभिट्टा क्याम्पसमा व्यवस्थापन, चारआलीको त्रिदेव क्याम्पसमा शिक्षा संकाय र धुलावारी क्याम्पसले प्राविधिक शिक्षाको व्यवस्था मिलाएको बताउनुभयो । हाललाई धुलावारी क्याम्पसकै संरचना प्रयोग गर्ने तथा कुल सात विगाह जमीनमध्ये ५ विगाह जमीनमा प्राविधिक क्याम्पस सञ्चालन हुने धुलावारी क्याम्पसका प्रमुख समेत रहनु भएका पौडेलले बताउनुभयो ।

मेचीनगरक्षेत्रमा प्रविधिक शिक्षा उच्च तहको अध्ययनको आवश्यतकालाई मध्य नजर गरी न्यूनतम शुल्कमा प्राविधिक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन लिई आर्किटेक्चर इन्जिनियरिङ र सुचना प्रविधि को ३ वर्षे डिप्लोमा तहका २ वटा कार्यक्रम सञ्चालन हुने पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा प्रिन्सिपल इन्जिनियर रुद्र मैनालीले जानकारी दिनुभयो ।

इन्जिनियरिङका विविध विधाहरुमध्ये आर्किटेक्चर इन्जिनियरिङ एक प्रमुख र लोकप्रिय विधा भएको मैनालीको भनाई थियो । विकसित देश विकासोन्मुख देश र अति कम विकसित देशका धेरै मानिसलाई आर्किटेक्चर इन्जिनियरिङको वृहत प्रयोगका लागि जोड दिने गरेको पत्रकार सम्मेलनमा इन्जिनियर मैनालीले जानकारी दिनुभयो ।यसले भौतिक पूर्वाधारको चौतर्फी विकासका लागि विश्वलाई सहयोग गरिरहेको भन्दैं यसले सार्वजनिक र निजी दुबै क्षेत्रहरुमा पेसा र स्वरोजगारका अवसर सिर्जना गरेको उहाँको दाबी छ । यो पाठ्यक्रम नेपालको राष्ट्रिय आर्थिक विकासमा योगदान पुर्याउन आवशइक पर्ने जनशक्तिको माग पूरा गर्नका लागि आर्किटेक्चर इन्जिनियरिङ सम्बन्धी ज्ञान र सीप भएका मध्यम स्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्घेश्यले तयार गरिएको उहाँले बताउनुभयो । यसैगरी सूचना प्रविधि इन्जिनियरिङ र प्रविधिको उदयीमा क्षेत्र भएको उहाँको भनाई छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा इन्स्टिच्युटका प्रमुख व्यवस्थापक होमनाथ भण्डारीले दुवै कार्यक्रममा ४८÷४८ जना विद्यार्थी कोटा रहेको पत्रकार सम्मेलनमा बताउनुभयो । मेचीनगर नगरपालिकाभित्र प्राविधिक शिक्षाका प्राविधिक एसएलसी तहका कार्यक्रम मात्रै सञ्चालन रहेकोमा मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको स्थापनाले डिप्लोमा तह अध्ययन गर्नै अवसर प्राप्त भएको समेत पत्रकारहरुलाई जानकारी दिनुभयो ।

सामुदायिक तथा निजी संस्थाहरुमा सूचना प्रविधिसम्बन्धी सेवा दिनसक्ने मध्यम स्तरीय दक्ष प्राविधिक मान संसाधन उत्पादन गर्ने, सामुदायिक तथा निजी संस्थाहरुका सामान्य सञ्चार बैकिङ्ग, तथा व्यापारका निश्चित क्षेत्रहरुमा काम गर्न सक्ने प्राविधिकहरु तयार गर्नु, पेसा तथा सामाजिक सांस्कृतिक मूल्य मान्यताप्रति सकरारात्मक सोच राख्ने प्राविधिक जनशक्ति तयार गर्ने, नेपालको सार्वजनिक र निजी संस्थाहरुका लागि आवश्यक पर्ने सूचना प्रविधिसम्बन्धी प्राविधिकहरुको माग पूरा गर्नु । विदेशी प्राविधिक रोजगारहरु प्रतिको परनिर्भरता घटाउनु र अत्यवधिक स्वरोजगारीका अवसर सिर्जना गर्नु यस कार्यक्रमका मुख्यः उद्घेश्य रहेको भण्डारीले बताउनुभयो । अध्ययनका लागि माध्यमिक शिक्षा परीक्ष मा गणित र विज्ञान बिषयमा न्यूनतम सी ग्रेड तथा अंग्रजीमा डी प्लस गरेको हुनुपर्नै तथा विगताको एसएलसी उतीर्ण विद्यार्थीहरुका हकमा गणित, विज्ञान अंग्रेजी विषयक लिएको हुनुपर्ने आवश्यक योग्यता कायम गरिएको छ ।

नगरप्रमुख विमल आचार्यले यसलाई नगरकै गहनाका रुपमा लिएर सवैले आ आफ्नो ठाउँबाट सहयोग गर्न सवैमा आग्रह गर्नुभयो । उहाँले हालको धुलावारी क्याम्पसमा मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन गर्दा धुलावारी क्याम्पसको अस्तिव्त समेत संकटमा पर्छ कि भन्ने कसैलाई पनि शंका नगर्न आग्रह गदैं धुलावारी क्याम्पसको अस्तित्व कुनै हालतले संकटमा पर्न नदिने प्रतिवद्घता व्यक्त गर्नुभयो ।
उपप्रमुख मीना पोखरेल उप्रेतीले ‘प्राविधिक विषय पढौं स्वरोजगार बनौं ’भन्ने मुलमन्त्रलाई आत्मसाथ गरेर नगरपालिकाले मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको सञ्चालन गरेको बताउनुभयो । नगरपालिकाको नीति तथा कार्यक्रममा प्राविधिक शिक्षाको विषयलाई प्राथमिकतामा राखेको समेत बताउनुभयो ।

Previous Post

चिया क्षेत्रको समस्या समाधान गर्न उत्पादक संघ र ट्रेड युनियनवीच ४ बुँदे सहमति

Next Post

साप्ताहिक हाटबजार बाहेक अन्य व्यवसाय भने खुल्ला गर्ने निर्णय

Sushila Sangraula

Sushila Sangraula

Next Post
साप्ताहिक हाटबजार बाहेक अन्य व्यवसाय भने खुल्ला गर्ने निर्णय

साप्ताहिक हाटबजार बाहेक अन्य व्यवसाय भने खुल्ला गर्ने निर्णय

Discussion about this post

ताजाअपडेट

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021
प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

February 23, 2021
भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

February 21, 2021
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

सूचना !!!

Holler Box