• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home साहित्य

साहित्य चौतारीद्वारा बाल प्रतिभा पुरस्कार स्थापना

Sushila Sangraula by Sushila Sangraula
September 17, 2020
in साहित्य
0
साहित्य चौतारीद्वारा बाल प्रतिभा पुरस्कार स्थापना
0
SHARES
113
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड । साहित्य चौतारी झापाले बाल प्रतिभा पुरस्कार स्थापना गरेको छ ।
३१औं राष्टिूय बाल दिवसको अवसरमा साहित्य चौतारी झापाको आयोजनामा भएको बाल प्रतिभा सम्मान एवम् सांस्कृतिक कार्यक्रममा बाल प्रतिभा पुरस्कार स्थापना गरेको घोषणा गरिएको हो ।

झापाका साहित्य, कला र संगीतको क्षेत्रमा उदियमान बालबालिकाको अन्तरनीहित प्रतिभालाई प्रोत्साहन गर्ने उद्धेश्यले प्रत्येक वर्ष राष्टिूय बाल दिवसको दिन बाल प्रतिभा पुरस्कार प्रदान गरिने साहित्य चौतारी झापाका संस्थापक÷संरक्षक देवीभक्त श्रेष्ठले बताउनुभयो ।

२०५६ साल असार ३१ गते स्थापना गरिएको साहित्य चौतारी झापाले बिभिन्न क्षेत्रमा पुरस्कार र सम्मान स्थापना गरी प्रत्येक वर्ष साहित्य चौतारी झापाको वार्षिकोत्सवमा प्रदान गर्दै आइरहेकोमा यस वर्षदेखि बाल प्रतिभा पुरस्कार स्थापना गरी प्रत्येक वर्ष राष्टिूय बाल दिवसको दिन बाल प्रतिभा पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो । उहाँले बालबालिकाको अन्तरनिहीत प्रतिभालाई साहित्य चौतारीले मञ्च प्रदान गरी प्रोत्साहन गर्न बाल प्रतिभा पुरस्कारको स्थापना गरिएको जानकारी दिनुभयो ।

यस वर्षको बाल प्रतिभा पुरस्कार झापा बिर्तामोड(२ चारपानेकी बाल गायिका अनुजा कडरियालाई प्रदान गरिएको छ । ८ वर्षकै उमेरमा आफ्नै स्वरमा ‘साना हाम्रा कृष्ण’ नामक भजनको म्युजिक भिडियोसहितको गीति एल्बम समेत निकालेर सांगीतिक क्षेत्रमा चर्चा कमाएकी कडरियाको प्रतिभाको कदर गर्दै बालगायिका कडरियालाई बाल प्रतिभा पुरस्कार प्रदान गरिएको साहित्य चौतारी झापाका संस्थापक÷संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

कार्यक्रम संयोजक हस्त परियारको अध्यक्षता तथा लोक गायक तथा साहित्य चौतारी झापाका पूर्व सम्मानित व्यक्तित्व अनिरुद्र ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य चौतारी झापाका संगित उपाध्यक्ष कृष्ण योञ्जनले स्वागत गरेका थिए भने सरगम संगीतालयका दिपक रायमाझी, कृपा पौडेल र आशिका विमलीले स्वागत गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि लोकगायक ओली, साहित्य चौतारी झापाका संस्थापक÷संरक्षक देवीभक्त श्रेष्ठ लगायतले बाल गायिका अनुजा कडरियालाई कदर पत्र, खादा, दोसल्ला र नगदसहितको बाल प्रतिभा पुरस्कार प्रदान गरेका थिए । सोही कार्यक्रममा अनुजाका मातापितालाई समेत सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक÷संरक्षक देवीभक्त श्रेष्ठको जन्मोत्सव समेत मनाइएको थियो ।

साहित्य चौतारी झापाका सल्लाहकार कृष्णप्रसाद पौडेलले संस्थापक÷संरक्षक देवीभक्त श्रेष्ठको जीवनी प्रस्तुत गरेका थिए । होटल व्यवसाय, फोटोग्राफी व्यवसायमा समेत अब्वल मानिएका साहित्य चौतारी झापाका संस्थापक÷संरक्षक देवीभक्त श्रेष्ठले २०५६ साल असार ३१ गते आफ्ना मातापिता तथा पितृहरुको स्मृतिमा पुरस्कार स्थापना गरी साहित्य चौतारी झापाको स्थापना गरेर हालसम्म साहित्य, कला र संगीतको क्षेत्रमा, महत्वपूर्ण योगदान पुर्याएको सल्लाहकार पौडेलले बताउनुभयो ।

कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक÷संरक्षक देवीभक्त श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि लोक गायक अनिरुद्र ओली, अन्य अतिथि, सहभागी श्रष्टा लगायतले टीका, खादा अर्पण गरी दीर्घजीवनको कामना गर्नुभएको थियो।

कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक अध्यक्ष शिवशंकर थापा, संस्थापक महासचिव खिलप्रसाद शिवाकोटी, सल्लाहकार राजेन्द्र संग्रौला, रुद्र(गौरी, श्री(अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज ओली गोपाल, शिक्षासेवी लोकनाथ पौड्याल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा हस्त परियार, टीका भट्टराई नेपाल, चित्रा पौड्याल कोइराला, सम्मानित बालगायिका अनुजा कडरिया, तृष्णा विष्ट, देवीचरण भण्डारी, लीला अनमोल, गणेश ढुंगाना, युवराज पोर्तेल, मनिका चुडाल, जीवन धिताल, चेतन चुडाल, मणि वर्देवा, भानु ओली लगायतले गीत, भजन, कविता लगायत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षिका उर्मिला विमली श्रेष्ठ, गौरव श्रेष्ठ, गर्ग श्रेष्ठ, साहित्य चौतारी झापाका वरिष्ठ उपाध्यक्ष कृष्ण सुवेदी निराकार, कोषाध्यक्ष भवानीप्रसाद गौतम, फुर्वा योञ्जन, सरगम संगीतालयका प्रबन्ध निर्देशक दिपक रायमाझी, कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वर सम्राट नारायण गोपाल, अरुणा लामा, फत्तेमान, गोपाल योञ्जन, जेवी आले, मदन दिपविम, नातीकाजी, अरुण थापा, हिरादेवी वाइवा, लालबहादुर खाती लगायतको गीत विभिन्न श्रष्टाले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाका सचिव दिलीप घिमिरेले गर्नुभएको थियो ।

Previous Post

‘नागरिकस्तरबाट सञ्चालित अभियान अनुकरणीय’

Next Post

नगर प्रमुखको अनुगमनपछि उपप्रमुख नेतृत्वको टोलीलेले राहत दियो

Sushila Sangraula

Sushila Sangraula

Next Post
नगर प्रमुखको अनुगमनपछि उपप्रमुख नेतृत्वको टोलीलेले राहत दियो

नगर प्रमुखको अनुगमनपछि उपप्रमुख नेतृत्वको टोलीलेले राहत दियो

Discussion about this post

ताजाअपडेट

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023
‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

August 24, 2023
पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

August 24, 2023
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • Uncategorized
  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.