काठमाडौं । नेपालमा गएको २४ घण्टामा कोरोना भाइरसका एक हजार १७० जना सङ्क्रमित थपिएका छन् भने १५ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट उक्त संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दैनिक गरिने प्रेस ब्रिफिङका क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५५ हजार ३२९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा एकहजार ८७९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३९ हजार ५७६ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१।५ प्रतिशत रहेको छ ।
सोही अनुसार आज झापामा दुईजना कोरोना संक्रमित थपिएका छन् । थपिने एक महिला र एक पुरुष दुवैजना कमल गाउँपालिकाका रहेका छन् । कमल वडा नं ३ का दुई स्थानीयमा संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो । भदौ २६ गते ६२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा दुईजनाको रिपोर्ट पोजिटिभ आएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै देशभरी होम आइसोलेसनमा सातहजार २७५ सहित कुल १५ हजार ३६० पुगेको छ । सकृय सङ्क्रमितहरू १५ हजार ३९३ रहेका छन् । क्वारेन्टिनमा छहजार ८९२ रहेका छन् ।कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएका जिल्लाहरु मोरङ सुनसरी, सर्लाही, काठमाडौं, भक्तपुर, चितवन र रुपन्देही रहेका छन् । प्रवक्ता गौतमका अनुसार सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी डोल्पा, हुम्ला र मुगु गरेर सात बटा जिल्लामा कोरोना संक्रमण शून्यमा झरेको हो।
Discussion about this post