---
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
Advertisement
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home साहित्य

साहित्य चौतारी झापाद्वारा राष्ट्रकवि घिमिरेको सम्झनामा श्रद्धाञ्जलीसभा

Sushila Sangraula by Sushila Sangraula
August 30, 2020
in साहित्य
0
साहित्य चौतारी झापाद्वारा राष्ट्रकवि घिमिरेको सम्झनामा श्रद्धाञ्जलीसभा
2
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

विर्तामोड भदौ १४ । साहित्य चौतारी झापाको आयोजनामा राष्टूकवि माधवप्रसाद घिमिरेको स्मृतिमा श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ । वि.सं १९७६ साल असोज ७ गते लमजुङ(पहिलेको वाहुनडाँडा गाविस)को भीरपुस्तुन भन्ने ठाउँमा जन्मिएका राष्टूकवि माधवप्रसाद घिमिरेको २०७७ साल भदौ २ गते मंगलवार एक सय एक वर्षको उमेरमा लैनचौरमा निधन भएको थियो । राष्टूकवि माधवप्रसाद घिमिरेको १२ औं दिनको पुण्यतिथीमा श्रद्धाञ्जलि सभा गरिएको हो ।

साहित्य चौतारी झापाका साहित्य उपाध्यक्ष कृष्ण सुवेदी निराकारको अध्यक्षता तथा प्राज्ञ सुभद्रा भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य चौतारी झापाका कोषाध्यक्ष भवानीप्रसाद गौतमले स्वागत गर्नुभएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरेका स्मृतिमा एक मिनेट मौनधारण र सामुहिक राष्टूगान गाएर प्रारम्भ गरिएको कार्यक्रममा साहित्य चौतारी झापाको तर्फबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्मृतिमा तयार गरिएको समवेदना पत्र साहित्य चौतारी झापाका सदस्य देवीचरण भण्डारीले वाचन गर्नुभएको थियो । उक्त समवेदना पत्र राष्टूकविका परिवार र नेपाल प्रज्ञा प्रतिष्ठानलाई हस्तान्तरण गरिने कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा साहित्य चौतारी झापाकी सहसचिव खगिन्द्रा खुसीले राष्टूकवि माधवप्रसाद घिमिरेको परिचय गराउनुभएको थियो । कार्यक्रममा प्राज्ञ सुभद्रा भट्टराईले राष्टूकवि माधवप्रसाद घिमिरेले नेपाली भाषा र साहित्यको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै उनको निधनबाट राष्ट्रले एउटा महान विभुतिलाई गुमाएको बताइन् । राष्टूकवि घिमिरेको भौतिक शरीर नरहेपनि राष्टूकवि घिमिरेको योगदान संधै अमर रहने उहाँले वताउनुभयो ।

कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक शिवशंकर थापाले राष्टूकवि माधवप्रसाद घिमिरेले नेपाली भाषा र साहित्यको क्षेत्रमा पुर्याएको बताउँदै राष्टूकवि घिमिरेले साहित्य चौतारी झापाको अभिभावकत्व ग्रहण गरेको बताए । कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले साहित्य चौतारी झापाले राष्टूकवि घिमिरेले नेपाली साहित्यका साथै साहित्य चौतारी झापाको स्थापनाकालदेखि हालसम्म पुर्याएको योगदानको सम्मान गर्दै राष्टूकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान पुरस्कार स्थापना गरेको बताउनुभयो ।
उक्त सम्मान पुरस्कारका लागि एक लाख एघार हजार एक सय एघार रुपैयाँको अक्षयकोष स्थापना गरिएको र उक्त अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष साहित्य चौतारी झापाको वार्षिकोत्सवमा साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने साहित्यकारलार्ई राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।

२०५६ साल असार ३१ गते स्थापना गरिएको साहित्य चौतारी झापाको संस्थापक प्रमुख अतिथि समेत रहेका राष्टूकवि माधवप्रसाद घिमिरेलाई साहित्य चौतारी झापाले २०५९ सालमा झापामा अभिनन्दन गरेको उहाँले बताउनुभयो । २०६२ सालमा साहित्य चौतारी झापाको प्रथम स्मारिका विमोचन गरेका राष्टूकवि माधवप्रसाद घिमिरेले २०७५ साल असोज १९ गते कोजाग्रत पूर्णिमाको दिन साहित्य चौतारी झापाको दोस्रो स्मारिका विमोचन गरेको र उक्त दिन राष्टूकवि माधवप्रसाद घिमिरे सयवर्ष पुगेको अवसरमा उनलाई अभिनन्दन गर्नुका साथै साहित्यिक कार्यक्रम गरी राष्ट्रकवि घिमिरेको हातबाट टिकाजमरा ग्रहण गरी आशीर्वाद लिएको साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक श्रेष्ठले बताउनुभयो ।

साहित्य चौतारी झापाको प्रत्येक वार्षिकोत्सवमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले शुभकामना दिएर हौसला प्रदान गर्ने गरेको बताउँदै उहाँले साहित्य चौतारी झापाले राष्टूकवि घिमिरेले साहित्य चौतारीको श्रीवृद्धिमा पुर्याएको योगदान अविस्मरणीय रहेको बताउनुभयो । उहाँले टेलिफोनमार्फत राष्ट्रकवि माधवप्रसाद घिमिरे प्रति श्रद्धा सुमन अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले राष्टूकवि घिमिरेका शव्द रहेको नेपाली हामी रहुँला कहाँ नेपालै नरहे बोलको गीत प्रस्तुत गरेका थिए भने कवयत्री कमला खनाल कोईरालाले राष्टूकवि घिमिरेप्रति समर्पित कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका कुलपति गंगाप्रसाद उप्रेती, प्राज्ञ गणेश रसिक , प्राज्ञ यज्ञराज प्रसाई, प्राज्ञ कोमल निरौला, अग्रज साहित्यकारहरु कोषराज न्यौपाने, रमेश खकुरेल, कमल जङ्गली , कोमलप्रसाद पोखरेल, तेजराज खतिवडा, भाषविद् चुडामणि रेग्मी, जीवन अधिकारी, हरिप्रसाद पौड्याल, भजन गायिका शिला पन्त, अग्रज पत्रकार नकुल काजी, लोकगायक एलपी जोशी, प्रेमप्रकाश फलाहारी, पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पा, साहित्य चौतारी झापाका संस्थापक सह–संरक्षक जीतु गौतम लगायतले सामाजिक सञ्जालप्रयोग गरी साहित्य चौतारी परिवार विर्तामोड झापा मार्फत, राष्ट्रकवि माधवप्रसाद घिमिरे प्रति श्रद्धा सुमन अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा सरगम संगीतालय र गुरुकुल संगीत विद्यालयका विद्यार्थीहरुले राष्टूकवि घिमिरेद्वारा रचिएका गीत प्रस्तुत गरेर राष्टूकवि घिमिरे प्रति सम्मान दर्शाएका थिए । कार्यक्रममा सरगम संगीतालयका सरगम तिवारी र साथीहरुले गाउँछ गीत नेपाली.. प्रमिश राईले त्यसरी होस मरण, कृपा पौडेलले सारङ्गी त रेटे पनि…. अनुजा कडरियाले फूलको थुङ्गा बगेर गयो… सुनिता लेप्चाले आजै र राती के देखेँ सपना मै मरी गएको… र सरगम तिवारीले यो छाँया छवि बोलका गीतहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षिका उर्मिला विमली श्रेष्ठ, गौरव श्रेष्ठ, गर्ग श्रेष्ठ , सल्लाहकारहरु राजेन्द्र संग्रौला, हस्त परियार , कृष्णप्रसाद पौडेल, सरगम संगीतालयका प्रवन्ध निर्देशक दिपक रायमाझी, लोकनृत्य प्रशिक्षक राजु गिरी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाका सचिव दिलिप घिमिरेले गर्नुभएको थियो ।

Previous Post

एक बौद्धिक कविको मौनता

Next Post

एकैदिन १४ को मृत्यु, १२२१ कोरोना संक्रमण पुष्टि

Sushila Sangraula

Sushila Sangraula

Next Post
एकैदिन १४ को मृत्यु, १२२१ कोरोना संक्रमण पुष्टि

एकैदिन १४ को मृत्यु, १२२१ कोरोना संक्रमण पुष्टि

Discussion about this post

ताजाअपडेट

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021
प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

February 23, 2021
भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

February 21, 2021
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

सूचना !!!

Holler Box