• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home मेची टाइम्स अनलाइन विशेष

‘कोरोनाको समयमा सरकारले आफ्नो जिम्मेवारी पुरा गर्नसकेन’

Sushila Sangraula by Sushila Sangraula
September 1, 2020
in मेची टाइम्स अनलाइन विशेष
0
‘कोरोनाको समयमा सरकारले आफ्नो जिम्मेवारी पुरा गर्नसकेन’
2
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड । पूर्व उपप्रधान तथा गृहमन्त्री, नेपाली कांग्रेसका नेता सिटौलाले व्यवसायीको गुनासो सुन्दै कोरोनाको समयमा सरकारले पुरा गर्नुपर्ने जिम्मेवारी पुरा गर्न नसकेको बताउनुभयो ।

शनिवार झापाका व्यवसायीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो बताउनुभएको हो । उहाँले कोरोना कहरमा सरकारको भूमिका प्रभावकारी नदेखिएन बताउनुभयो । उहाँले भन्नुभयो–‘कोरोनालाई कमजोर सोच्न हुँदैन, तर, अब हरेक नागरिकलाई कोरोनासँगै जीवनयापन गर्न पनि उत्प्रेरित गर्नुपर्छ ।’

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिटौलाले व्यवसाय सञ्चालन गर्दा आवश्यक सुरक्षाका मापदण्ड पुरा गरेर सञ्चालन गर्न व्यवसायीलाई आग्रह समेत गर्नुभयो । नेता सिटौलाले व्यवसायीका समस्या पार्टीमा छलफल गर्ने र सदनसम्म पु¥याउने प्रतिबद्धता समेत जनताउनुभयो ।
झापाका व्यवसायीले कोरोना कहरले व्यापार धराशायी बन्दै गएको बताएका छन् । शनिबार बिर्तामोड उद्योग वाणिज्य संघको समन्वयमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र व्यवसायी बीच भएको अन्तरक्रिया कार्यक्रममा व्यवसायीले कोरोना कहरका कारण व्यवसाय धराशायी बन्दै गएको बताएका हुन् ।

अहिले व्यवसायी भाडासम्म तिर्न नसक्ने अवस्थामा छन् बिर्तामोडका व्यवसायी राजु न्यौपानेले भन्नुभयो–‘अब त सरकारसँग राखेको आशा पनि हराइसक्यो, प्रतिपक्षीले हाम्रो कुराको वकालत गरिदियोस् ।’ बिर्तामोडकै होटल व्यवसायी देवी संग्रौलाले कोरोना कहरमा सबैभन्दा धेरै होटल व्यवसायी मारमा परेको जनाउनुभयो ।
‘यो अवस्थामा सरकारबाट कुनै पनि साहनुभूति पाइरहेका छैनौँ, सरकारको ध्यान ठाउँ–ठाउँमा निषेधाज्ञा गर्न तर्फ छ’ संग्रौलाले प्रश्न गर्नुभयो–‘लकडाउन कहिलेसम्म सरकार ?’

त्यस्तै धुलाबारीका व्यवसायी पुनितकुमार वंशलले सरकारले व्यवसायीमाथि कर मात्र थोपारिरहेको जिकिर गनुभयो । स्थानीय सरकारले अव्यवहारिक हिसाबले निषेधाज्ञा जारी गरेर व्यवसायीलाई दुःख दिएको तर्क गर्नुभयो । उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कोशवराज पाण्डेले वाणिज्य संघ मार्फत् व्यवसायीका समस्या सरकारमाझ पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘म झापाका व्यवसायीका समस्या सरकारमाझ पु¥याउँछु’ पाण्डेले भन्नुभयो–‘व्यवसायीका समस्या सरकारले सुन्नै पर्छ ।’

कार्यक्रमको सञ्चालन महासचिव भेषराज भण्डारी (प्रशान्त)ले गर्नुभएको थियो । कार्यक्रम सामाजिक दुरी कायम गर्ने सम्पन्न भएको थियो ।

Previous Post

भद्रपुर अस्पताल हाताभित्रको कोभिड उपचारकेन्द्र अन्यत्र सारिंदै

Next Post

एक बौद्धिक कविको मौनता

Sushila Sangraula

Sushila Sangraula

Next Post
एक बौद्धिक कविको मौनता

एक बौद्धिक कविको मौनता

Discussion about this post

ताजाअपडेट

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023
‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

August 24, 2023
पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

August 24, 2023
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • Uncategorized
  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.