---
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
Advertisement
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home साहित्य

राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान पुरस्कार स्थापना

Sushila Sangraula by Sushila Sangraula
August 28, 2020
in साहित्य
0
राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान पुरस्कार स्थापना
3
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड । साहित्य चौतारी झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान पुरस्कार स्थापना गरेको छ । साहित्य चौतारी झापाको बैठकले राष्टूकवि घिमिरेले नेपाली साहित्यका साथै साहित्य चौतारी झापाको स्थापनाकालदेखि हालसम्म पुर्याएको योगदानको सम्मान गर्दै उक्त पुरस्कार स्थापना गरेको हो ।

उक्त सम्मान पुरस्कारका लागि एक लाख एघार हजार एक सय एघार रुपैयाँको अक्षयकोष स्थापना गरिएको र उक्त अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष साहित्य चौतारी झापाको वार्षिकोत्सवमा साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई राष्टूकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान पुरस्कार प्रदान गरिने साहित्य चौतारी झापाका संस्थापक ÷संरक्षक देवीभक्त श्रेष्ठले बताउनुभयो ।

२०५६ साल असार ३१ गते स्थापना गरिएको साहित्य चौतारी झापाको संस्थापक प्रमुख अतिथि समेत रहेका राष्टूकवि माधवप्रसाद घिमिरेलाई साहित्य चौतारी झापाले २०५९ सालमा झापामा अभिनन्दन गरेको साहित्य चौतारी झापाका संस्थापक ÷संरक्षक श्रेष्ठले बताउनुभयो ।

२०६२ सालमा साहित्य चौतारी झापाको प्रथम स्मारिका विमोचन गरेका राष्टूकवि माधवप्रसाद घिमिरेले २०७५ साल असोज १९ गते कोजाग्रत पूर्णिमाको दिन साहित्य चौतारी झापाको दोस्रो स्मारिका विमोचन गरेको र उक्त दिन राष्टूकवि माधवप्रसाद घिमिरे सयवर्ष पुगेको अवसरमा उनलाई अभिनन्दन गर्नुका साथै साहित्यिक कार्यक्रम गरी राष्टूकवि घिमिरेको हातबाट टिकाजमरा ग्रहण गरी आशीर्वाद लिएको साहित्य चौतारी झापाका संस्थापक ÷संरक्षक श्रेष्ठले बताए । साहित्य चौतारी झापाको प्रत्येक वार्षिकोत्सवमा राष्टूकवि माधवप्रसाद घिमिरेले शुभकामना दिएर हौसला प्रदान गर्ने गरेको उनले बताउनुभयो ।

त्यस्तै साहित्य चौतारी झापाको स्थापनाकालदेखि हालसम्म पुर्याएको योगदानको सम्मान गर्दै राष्टूकवि माधवप्रसाद घिमिरेको १२ औं पुण्यतिथि भदौ १३ गते शनिवार श्रद्धाञ्जलि सभा गर्ने वैठकले निर्णय गरेको संस्थापक ÷संरक्षक श्रेष्ठले जानकारी गराउनुभयो ।

कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर भौतिक दूरी कायम गर्दै सरगम संगीतालय र गुरुकुल संगीत विद्यालयका विद्यार्थीहरुबाट राष्टूकविका सृजनाहरु वाचन तथा गायन गरि श्रद्धाञ्जलि सभा गरिने उहाँले जानकारी दिनुभयो
त्यस्तै बैठकले राष्टूकवि माधवप्रसाद घिमिरे, साहित्य चौतारी झापाका पूर्व कार्य समिति सदस्य साहित्यकार अमृतलाल श्रेष्ठ, समितिका सल्लाहकार सदस्य धु्रव पाठककी माता मनमाया पाठकप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

साहित्य चौतारी झापाका वरिष्ठ उपाध्यक्ष कृष्ण सुवेदी निराकारको अध्यक्षतामा भएको बैठकमा संस्थापक ÷संरक्षक देवीभक्त श्रेष्ठ, उर्मिला श्रेष्ठ, संस्थापक अध्यक्ष÷सल्लाहकार संयोजक शिवशंकर थापा, उपाध्यक्षहरु कृष्ण योञ्जन, हिक्मत नेम्बाङ, सहसचिव खगिन्द्रा खुसी, कोषाध्यक्षः भवानीप्रसाद गौतम, सदस्यहरु दिपक रायमाझी, देवीचरण भण्डारी, कमला नेम्बाङ, बिमला चिमरिया, सेलीङ केसी, माधव कल्पित, हेमन्ता भण्डारी, सुनिता तामाङ लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाका सचिव दिलिप घिमिरेले गर्नुभएको थियो ।

Previous Post

झापा गाउँपालिकामा झडप, गोली लागेर एकको मृत्यु

Next Post

मोरङमा आजबाट ६ दिन निशेधाज्ञा

Sushila Sangraula

Sushila Sangraula

Next Post
मोरङमा आजबाट ६ दिन निशेधाज्ञा

मोरङमा आजबाट ६ दिन निशेधाज्ञा

Discussion about this post

ताजाअपडेट

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021
प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

February 23, 2021
भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

February 21, 2021
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

सूचना !!!

Holler Box