झापा । झापा गाँउपालिका ३ कामाटोलीमा सशस्त्र प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको छ । स्थानीयबासीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले चलाएको गोली लागि कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको मृत्यु भएको हो । उनलाई चिन्ताजन अवस्थामा बिर्तामोडस्थित बिएण्डसी टिचिङ हस्पिटल पुर्याइएको र लगत्तै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधबार बेलुका साँझ ७ बजे शसस्त्र प्रहरी र स्थानीयबीच गोरु काटेको खबर पाएपछि गएको प्रहरी टोलीले थप मद्दत मागेपछि गएको सशस्त्र प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि सशस्त्रले गोली चलाएको थियो ।
गोरी काटेको निहुँमा बुधबार दिउँसो प्रहरीले दुईजनालाई पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लैजान लाग्दा स्थानीय आक्रमणमा उत्रिएका झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले जानकारी दिनुभयो ।
सो क्रममा गोली लागि गम्भीर घाइते भएका ३८ वर्षीय आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा साँझ मृत्यु भएको अस्पताल सञ्चालक दुर्गा प्रसाईँले जानकारी दिनुभयो ।
स्थानीयले काटेको गोरुको टाउको र खुट्टा प्रहरीले बरामद गरेपछि आक्रोशित बनेका स्थानीयबासीले सशस्त्र प्रहरीमाथि नै आक्रमण गरेको बताइएको छ । सो क्रममा दर्जनौँको समूहमा रहेका स्थानीयहरु टायर पुल्ठो बाली नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि जाइ लागेका थिए ।
गोरु काट्नेलाई लैजान खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक राकेश थापाले बताउनुभयो । उहाँले त्यसक्रममा केही राउण्ड हवाई फायर भएको समेत जनाउनुभयो ।
प्रहरीको गोली लागि आलमको मृत्यु भएपछि सो क्षेत्र असामान्य बनेको छ । स्थानीयबासीले टायर बालेर विरोध गरिरहेका छन् ।
Discussion about this post