---
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
Advertisement
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home मेची टाइम्स अनलाइन विशेष

कृषिकर्ममा जुट्दै क्षितिज नाट्य समूहका कलाकार

Sushila Sangraula by Sushila Sangraula
August 25, 2020
in मेची टाइम्स अनलाइन विशेष
0
9
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड । क्षितिज नाट्य समूह झापाका कलाकार यतिबेला सामुहिक कृषि तथा फलफूल खेती व्यवसायमा जुटेका छन् । विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण कलाकारिता क्षेत्र समेत प्रभावित भएपछि उनीहरु कृषिकर्ममा जुटेका छन् ।

अवस्थामा बिर्तामोड(१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधीन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर परिसरमा क्षितिज नाट्य समूह झापाले सामुहिक धानखेती, अग्र्यानिक सागसब्जी तथा डूागनफ्रुट खेती र व्यवसायिक सयपत्री फूल खेती गरिरहेको क्षितिज नाट्य समूह झापाका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण अभियानका अभियन्ता रंगकर्मी माधव कल्पितले जानकारी दिए ।

बिर्तामोड(१का मनोज निरौलाले निःशुल्क प्रदान गरेको साढे तीन का जग्गा र उनकै छ का जग्गा १० वर्ष लिजमा लिएर दुई करोड रुपैयाँको लागतमा क्षितिज नाट्य समूह झापाको अगुवाईमा प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा निर्माणाधीन झापा नाटक घरको निर्माण कार्य कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारणबाट आर्थिक अभाव भएर केही समयका लागि स्थगन हुन पुगेपछि क्षितिज नाट्य समूह झापाका कलाकारहरु व्यवसायिक कृषिकर्ममा जुटेको उहाँले बताउनुभयो ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण अहिलेको अबस्थामा आम समुदायलाई मनोरञ्जनभन्दा पनि सिर्जनात्मक कर्मको आवश्यकता भएकाले लकडाउनलाई अवसरको रुपमा सदुपयोग गर्दै समाजमा सिर्जनात्मक उदाहरण प्रस्तुत गर्ने उद्देश्यले व्यवसायिक सामूहिक कृषिकर्ममा जुटेको क्षितिज नाट्य समूह झापाकी उपाध्यक्ष तथा कलाकार सुजना खतिवडाले बताउनुभएको थियो ।

बिर्तामोडको हनुमान सेन्ट्रलमा इलाम कोसेली भण्डार नामक अग्र्यानिक व्यवसाय समेत सञ्चालन गरिरहेकी उपाध्यक्ष खतिवडाले लकडाउनलाई मानसिक त्रासको रुपमा नलिएर अवसरको रुपमा सदुपयोग गर्दै कृषि कर्म गरे आत्मनिर्भर हुनुका साथै शरीर स्वस्थ भएर कोरोना भाइरस जस्ता महामारीबाट बच्न सकिने बताउनुभयो ।
क्षितिज नाट्य समूह झापाले झापा नाटक घर परिसरको १० का जमिनमा धान खेती, दुई कामा डूागनफ्रुट खेती, दुई कामा सयपत्री फूल खेती र सहारा नेपालको सहकार्यमा निर्मित एकथान टनेलमा सागसब्जी तथा बेर्ना उत्पादन कार्य अगाडि बढाइरहेको क्षितिज नाट्य समूह झापाका केन्द्रीय माधव कल्पितले जानकारी दिनुभयो ।

क्षितिज नाट्य समूहले अमेगा तीन र एन्टिअक्सिडेन्ट जस्ता दुर्लभ तत्व भएको घरका करेसावारी तथा बरण्डामा नै गमलामा समेत लगाउन र फलाउन सकिने डूागनफ्रुट खेतीेलाई दुई का जमिनमा लगाएर यसै वर्षबाट व्यावसायिक रुपमा डूागनफ्रुटको खेतीे शुरु गरेको र डूागनफ्रुट, एबोकाडो, किवी लगायतका फलफूलका बिरुवा समेत बिक्री गर्दै आएको क्षितिज नाट्य समूहका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारीले बताउनुभयो ।

समुद्र सतहबाट १२ सय मिटरसम्मको उचाइमा लगाउन सकिने ड्«ागनफ्रुटको खेती बिशेषतः अरेवियन र खाडी राष्ट्रहरुको मरुभूमि र सुख्खा ठाउँमा गरिने भए पनि नेपालको हावापानीमा समेत यसको खेती हुन थालेपछि क्षितिज नाट्य समूहले ब्यावसायिक रुपमा नै यसको खेती शुरु गरेको अभियन्ता माधव कल्पित बताउनुहुन्छ । झापा नाटक घर परिसरमा रहेको डेमोबाट हाल कृषक तथा संघ(संस्थाले डूागनफ्रुटको बिरुवा लैजाने गरेको उहाँले बताउनुभयो ।

मल र बालुवाको समिश्रणमा घरको पेटी र गमलामा पनि डूागनफ्रुटको बिरुवा लगाउन सकिने र बिरुवा रोपेको १८ महिनादेखि २४ महिनाबाट आम्दानि दिने यस फलको पाँच सयदेखि आठ सयसम्म बजार मूल्य रहेको, तीन सय ग्रामदेखि १२ सय ग्रामसम्मको एउटै फल लाग्ने यसको बिरुवाले शुरुका तीन बर्षसम्म १५(२० वटासम्म फल दिने र सो पश्चात् ५०÷६० केजीसम्म एउटै बोटबाट आम्दानी हुने गरेको डूागन फुटका कृषि बिशेषज्ञ डिल्ली गुरागाँईले जानकारी दिनुभयो ।

उहाँले एक का जमिनमा एक सय २० वटासम्म ड्रागनफ्रुटको बिरुवा लगाउन सकिने र एक बर्षबाट नै सो बिरुवाबाटै अरु बिरुवा समेत उत्पादन हुन सक्ने भएकाले झापामा यसको व्यवसायिक खेती शुरु भएको बताउनुभयो । क्षितिज नाट्य समूहले कोरोना भाइरसको महामारीका कारण कोही कलाकार पनि भोकभोकै बाँच्नु नपरोस् भनेर क्षितिज नाट्य समूह झापाका कलाकार व्यवसायिक सामुहिक कृषि कर्ममा जुटेको जनाएको छ ।

Previous Post

प्रेमको कथाः प्रोफाइल पिक्चर

Next Post

सत्य तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न मेयरको आग्रह

Sushila Sangraula

Sushila Sangraula

Next Post
सत्य तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न मेयरको आग्रह

सत्य तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न मेयरको आग्रह

Discussion about this post

ताजाअपडेट

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021
प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

February 23, 2021
भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

February 21, 2021
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

सूचना !!!

Holler Box