विर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त झापाको सिङ्गो जिल्ला समिति नेपाली कांग्रेसमा प्रवेश गरेको छ । नेपाली कांग्रेस झापाको आयोजनामा आज विर्तामोडमा सम्पन्न बृहद पार्टी प्रवेश कार्यक्रममा ३७ सदस्यीय समितिमध्ये सभापति, पदाधिकारी, ३५ सदस्यसहित दुईसय बढी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
यसरी प्रवेश गर्नेहरुमा राप्रपा संयुक्त झापाका सभापति ओम मिश्र, उपाध्यक्ष चन्द्रप्रसाद योङ्या, विष्णु धिमाल, सचिव नेत्र कार्की, सहसचिव युद्ध लामिछाने, कोषाध्यक्ष कुलवहादुर धिमाललगायत समितिका सम्पूर्ण पदाधिकारी सदस्य, क्षेत्रीय समितिका सभापति, पदाधिकारी, सदस्य, लगायत रहेका छन् ।
राप्रपा संयुक्तका झापामा ५ हजार बढी कार्यकर्ता रहेको र ती सबै कार्यकर्ताहरु कांग्रेस प्रवेशको कार्यक्रम बनाइएको रहेको अगुवा नेता दिलिप राईले जानकारी दिनुभयो ।
नेपाली काँग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा भएको सो कार्यक्रममा उपसभापति राम कट्टेलले स्वागत मन्तव्य राख्दै भर्खरै पार्टी प्रवेश गर्नुभएका सह महामन्त्री सुनिल बहादुर थापाको शुभकामना सन्देश बाचन गर्नुभएको थियो ।
राप्रपा संयुक्तको सिङ्गो जिल्ला समिति, बिद्यार्थी संगठनका केन्दीय नेतादेखि क्षेत्रस्तरका दुइसयबढी कार्यबर्ता प्रवेश गरेको सो कार्यक्रममा रापू्रपा झापाको अध्यक्ष परित्याग गरी कााग्रेस प्रवेश गर्नुभएका ओम मिश्रले नेपाली काँग्रेस बाहेको अर्को बैकल्पिक प्रजातान्त्रिक शक्ति नेपालमा स्थापित हुनसक्ने अवस्था नदेखिएकाले लोकतन्त्र जोगाउन आफूहरु काँग्रेसमा प्रवेश गरेको बताउनुभएको थियो ।
माक्स, सेनेटाइजरको प्रयोग र स्वास्थ्यकर्मीहरुद्वारा थर्मल गनले ज्वरो मापन गरेर मात्र कार्यक्रस्थलमा प्रवेशको व्यवस्था मिलाइएको सो कार्यक्रमको सञ्चालन पार्टी सचिव प्रेम सम्बाहाम्फेले गर्नुभएको थियो ।
Discussion about this post