---
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
Advertisement
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home कोरोना भाइरस

प्रदेश नं १ मा सोमबार ६४ सङ्क्रमित थपिए

admin by admin
August 25, 2020
in कोरोना भाइरस, स्थानीय तह
0
बिर्तामोडको रत्न सुपर मार्केट शिल
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर, ८ भदौ(रासस) : पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा ६४ जना कोरोना सङ्क्रमित थपिएका छन् । आज थपिएकामा २४ महिला र ४० पुरुष छन् ।

थपिएका कोरोना सङ्क्रमितमा मोरङमा २९, सुनसरीमा १९, झापामा पाँच, धनकुटामा दुई, संखुवासभामा एक र प्रदेश बाहिरका आठ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएको छ जसमा महिला १० र पुरुष १३ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

आज देखिने कोरोना सङ्क्रमितमा मोरङको सुन्दरहरैँचामा एक महिला र दुई पुरुष, बेलबारीमा एक महिला र एक पुरुष तथा जहदामा एक पुरुष रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जिल्ला बाहिर सुनसरीको गढी गाउँपालिकामा तीनतीन महिला र पुरुष, दुहवीमा तीन पुरुष, बर्जुमा चार महिला र एक पुरुष, धरानमा दुई महिला र एक पुरुष तथा इटहरीमा एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै झापाको बा¥हदशीमा एक महिला र चार पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा दुई पुरुष, संखुवासभाको खाँदबारीका एक पुरुष र प्रदेश बाहिरका एक महिला तथा सात पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयको विवरणमा उल्लेख छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ७२३ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित भई दुई जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा सुनसरीको धरान र विराटनगरका एकएक पुरुष छन् ।

प्रदेशमा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । हालसम्म मृत्यु हुनेमा विराटनगरका १०, धरानका तीन, बूढीगंगा गाउँपालिकाका दुई तथा रंगेली र सुनबर्षीका एकएक जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशबाटबाट आज कोभिड–१९ आइसोलेसन केन्द्र रंगेलीबाट १२ जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या एक हजार २८० पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा एक हजार ५५० जनाको पिसिआर परीक्षण भर्इ कुल ७८ हजार ७०२ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयको भनाइ छ ।

पीसीआर मेसिन हस्तान्तरण निजी क्षेत्रका विभिन्न संघसंस्था एवं व्यक्तिको सामूहिक सहयोगबाट खरिद गरिएको पीसीआर मेसिन विराटनगर महानगरपालिकाले आज कोशी अस्पताललाई हस्तान्तरण गरेको छ ।

सो मेसिन नगर प्रमुख भीम पराजुलीले अस्पताल प्रमुख डा चुमनलाल दासलाई हस्तान्तरण गर्नुभएको हो । केही दिनदेखि महानगरपालिकामा कोरोनाको सङ्क्रमण तीव्रगतिमा फैलिँदै गएपछि जनस्तरबाट महानगरपालिकालाई पीसीआर मेसिन खरिद गर्न दबाब भइरहेको थियो ।

प्रमुख पराजुलीको विशेष सक्रियतामा निजी क्षेत्रका व्यक्ति पीसीआर मेसिन खरिद गर्न तत्पर भएका थिए । पराजुलीले एक वर्षको अवधिमा पाइने सेवासुविधाबापतको सबै रकम रु सात लाख, स्थानीय समाजसेवी एवं उद्योगी राजेन्द्र राउतले रु सात लाख, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको समूहले रु १० लाख, प्रदेशसभा सदस्य केदार कार्कीले रु एक लाख र नेपाली काङ्ग्रेस विराटनगर महानगर कार्यसमितिका सभापति अरुण न्यौपानेले दिएको रु एक लाख सङ्कलन गरी सो मेसिन खरिद गरेको पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिनुभयो ।

यस्तै सोही मेसिन खरिद गर्न केएल दुगडले रु पाँच लाख र आरती स्ट्रिपले रु पाँच लाख प्रमुख पराजुलीलाई हस्तान्तरण गर्नुभयो . पीसीआर मेसिन सञ्चालनका लागि आवश्यक पर्ने किट खरिद एवं व्यवस्था गर्न विराटनगरस्थित भाटभटेनीले आजै प्रमुख पराजुलीलाई रु पाँच लाखको चेक हस्तान्तरण गरेको छ । मेसिन जडानपछि विराटनगरमा दैनिक झण्डै एक हजार जनासम्मको पीसीआर जाँच गर्न सकिने बताइएको छ ।

Previous Post

कम्युनिष्टहरुको भ्रम जालबाट जनता र राष्ट्रलाई मुक्त गराउन सबै प्रजातन्त्रवादीहरु एक हुन आग्रह

Next Post

सङ्क्रमणबाट आठ जनाको निधन

admin

admin

Next Post
बुटवलका कोरोना संक्रमितको भक्तपुरमा मृत्यु

सङ्क्रमणबाट आठ जनाको निधन

Discussion about this post

ताजाअपडेट

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021
प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

February 23, 2021
भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

February 21, 2021
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

सूचना !!!

Holler Box