---
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
Advertisement
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home राजनीति

कम्युनिष्टहरुको भ्रम जालबाट जनता र राष्ट्रलाई मुक्त गराउन सबै प्रजातन्त्रवादीहरु एक हुन आग्रह

Sushila Sangraula by Sushila Sangraula
August 24, 2020
in राजनीति
0
4
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले लोकतन्त्र धरापमा पर्ने खतरा बढेको बताउँदै देश बचाउन छरिएर रहेका सबै लोकतन्त्रवादीलाई नेपाली काँग्रेसमा समाहित हुन अपिल गर्नुभएको छ ।

नेपाली काँग्रेस झापाद्वारा जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित बृहद पार्टी प्रवेश कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाल सरकारका पूर्व गृह तथा उप प्रधानमन्त्री समेत रहनुभएका सिटौलाले कम्युनिष्टले चुनाव जितेर सत्तामा गएपछि देशमा भ्रष्टाचार बढेको र जनता झन् पीडित बनेको बताउनुभयो ।

कम्युनिष्ट पार्टीका नेताको सुख, समृद्धि नै देश र जनताको समृद्धि ठान्ने कम्युनिष्टहरुको भ्रम जालबाट जनता र राष्ट्रलाई मुक्त गराउन सबै प्रजातन्त्रवादीहरु एक ठाउँमा उभिनुको बिकल्प नरहेको पनि नेता सिटौलाले दोहो¥याउनु भयो ।

देशमा जनता हिजो भन्दा आज झन् पीडित बन्दै गएको, किसानले धानमा हाल्ने रसायनिक मल नपाएको, बैदेशिक रोजगारीमा गएका श्रमिकहरु स्वदेश फिर्न चाहँदा सरकारबाटै ठगिनु परेको बताउँदै सिटौलाले भन्नुभयो, (गरीब किसानलाई धानमा हल्ने मल छैन, चुलो बाल्ने चामल छैन तर सरकारमा रहेकाहरु देश लुट्न व्यस्त छन् ।

बिश्वमा सकिएका कम्युनिष्टहरु नेपालमा बढे ? जनताले उनीहरुको एकलौटी सरकार पनि देखे, भोगे अब कुरा बुझ्दै गएका छन् भन्नुहुदै सिटौलाले अबको दुनियामा अधिनायकवाद असम्भव रहेकोले जनताले लोकतन्त्रवादीलाई नै स्थापित गर्ने भनाइ राख्नुभयो । लोकतन्त्रको भविश्य संसरमा सुरक्षि रहेको हुँदा नयाँ प्रवेश गर्ने कार्यकर्ताहरुलाई निश्चिन्त रहेर संगठन निर्माणमा सहभागी हुन आव्हान पनि गर्नुभयो । समावेशी लोकतन्त्र नेपाली काँग्रेसको नीत भएको बताउँदै क्षमता र योग्यताका आधारमा सवैलाई अवसर उपलब्ध हुने नेता सिटौलाले बताउनुभयो ।

त्यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीले तीस वर्षअघि आफूपनि राप्रपामा रहेको बताउँदै नेपाली काँग्रेसमा लागेर सांसद्, मन्त्री र केन्द्रीय सदस्य भएको उदाहरण प्रस्तुत गर्दै पार्टीमा निष्ठा र अनुशासनमा रहेर क्रियाशिल रहे नेपाली काँग्रेसमा नयाँ र पुरानो भनेर कुनै बिभेद नहुने बताउनुभयो ।

नेता बुढाथोकीले अहिले देश कम्युनिष्ट र लोकतन्त्रवादी दुई ध्रुवमा तीब्र ध्रुविकरण भइरहेको बताउँदै सबै लोकतन्त्रवादीहरुलाई नेपाली काँग्रेसको बिशाल रुखको छहारीमा गोलवद्ध हुन आग्रह गर्नुभयो । आफू उहाँले राप्रपामा हुँदा सँगै काम गरेका साथीभाईलाई ढिलै भएपनि नेपाली काँग्रेसमा देख्न पाउँदा आफूलाई ज्यादै खुसी लागेको भनाई राख्नुभयो ।

अर्का केन्द्रीय सदस्या तथा पूर्वमन्त्री सरिता प्रसाईले कम्युनिष्टहरुले प्रजातन्त्रको कुरा गरेपनि उनीहरु नक्कली प्रजातन्त्रवादी रहेको भनाई राख्दै जनताले अब नक्कलीलाई होइन, सक्कली प्रजातन्त्रवादीलाई रोज्ने बताउनुभयो ।

नव प्रवेशी कार्यकर्ताहरुलाई शुभकामना दिनुहुदै केहीदिन अघि काँग्रेस प्रवेश गर्नुभएका नेता दिलिप राईले प्रजातन्त्रवादीहरुको मूलधार नेपाली काँग्रेस मात्र रहेको र अरुले यो धारको नेतृत्व गर्नसक्ने अवस्था नरहेकोले कम्युनिष्टहरुको अधिनायकवादी सोच र गतिविधिबाट लोकतन्त्र जोगाउन आफूहरु नेपाली काँग्रेसमा प्रवेश गरेको बताउनुभयो ।

अझैपनि सानो, सानो झुण्डमा प्रजातन्त्रवादीहरु अल्मलिइरहेको बताउँदै नेता राईले ती सबै लोकतन्त्रवादीलाई संगठित गर्न नेपाली काँग्रेसले अगुवाई गर्नुपर्नेमा जोड दिनुभयो । कम्युनिष्टहरु व्यक्तिगत स्वार्थका लागि एक ठाउँमा उभिएको बेला देश र जनताको हितका खातिर लोकतन्त्रवादीहरु सबै एकठाँउमा गोलवद्ध हुने हो भने नेपालमा कम्युनिष्टहरु आफैं किनारा लाग्नेपनि नेता राईले बताउनुभयो ।

राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनको केन्द्रीय महामन्त्री पद त्यागेर काँग्रेस प्रवेश गर्नुभएका बिद्यार्थी नेता रविन्द्र ढुङ्गानाले प्रजान्त्रवादी युवा बिद्यार्थीहरुको भविश्य थ्रेसहोल्ड नकटाउने राप्रपामा बसेर सुरक्षित हुन नसक्ने भनाई राख्दै सबैलाई नेपाली काँग्रेसमा आवद्ध हुन आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस झापाका सभापति उद्वव थापाले काँग्रेसको सदस्य भएपछि पार्टीभित्र सबैको समान हक, अधिकार रहने भनाई राख्दै काँग्रेसमा नयाँ र पुरानो भन्दा क्षमता, योग्यता र क्रियाशिलताका आधारमा जिम्ेवारीको अवसर बाँडफाड हुने बताउनुभयो ।

Previous Post

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Next Post

प्रदेश नं १ मा सोमबार ६४ सङ्क्रमित थपिए

Sushila Sangraula

Sushila Sangraula

Next Post
बिर्तामोडको रत्न सुपर मार्केट शिल

प्रदेश नं १ मा सोमबार ६४ सङ्क्रमित थपिए

Discussion about this post

ताजाअपडेट

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021
प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

February 23, 2021
भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

February 21, 2021
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

सूचना !!!

Holler Box