---
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
Advertisement
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home मनोरञ्जन

कोरोनाको पोको बजारमा

admin by admin
August 24, 2020
in मनोरञ्जन
0
कोरोनाको पोको बजारमा
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, ८ भदौ(रासस) : “के कोसेली लान्छ्यौ दिदी ऐले नयाँ सालमा । कोरोनाको पोको छ झाल झालमा ।।” यो पोखरालाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका पत्रकार कमल पौडेल ‘अथक’ को ‘कोरोनाको पोको’ शीर्षकको तीज गीत सङ्ग्रहमा उल्लिखित गीतको टुक्का हो ।

हालै बजारमा आएको सङ्ग्रहमा कोरोना भाइरस, यसको उत्पत्ति, चीन, भारत, अमेरिका, इटालीलगायत नेपाली समाजमा पारेको प्रभावलगायतका विषयलाई उल्लेख गरिएका २५ गीत समेटिएका छन् ।

कृषिप्रधान नेपाली समाजको यथार्थलाई गीतमा समेट्दै यसबाट जोगिन सचेत बन्नाको विकल्प नभएको बताउँदै अथकको गीतमा भनिएको छ, “कतिबेला के हुनी हो यस्तो महामारीमा मास्क लगाई जानुपर्छ खेतबारीमा । मान्छेसँग नछोइनू, हिँड्नू, बस्नू अलग सङ्क्रमितलाई घरमा छुट्टै बलक ।।”

स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका–३ पाख्रीबोट जन्मस्थान भई पोखरालाई कर्मस्थान बनाएका अथकको यो २० औँ कृति हो । विसं २०५८ मा ‘रोएकी चेली’ शीर्षकको गीतसङ्ग्रहसहित साङ्गीतिक क्षेत्रमा आएका अथकको यस बीचमा ‘सामन्तको मलामी’, ‘जनताको शासन’, ‘भुन्टेको जन्तर’, ‘मुर्कट्टाको देश’, ‘बिर्खे रजाइँ’, ‘कर्मचारी सत्ता’, ‘घरको खजाना’, ‘भुइँचालाको देश’, ‘बर्खे तुनेलो’, ‘खन्चुवाको देश’, ‘गण्डकीको धुन’ र ‘कस्तो सदाचार रु’ शीर्षकका गीतसङ्ग्रह बजारमा आइसकेका छन् ।

त्यस्तै उहाँका ‘जाउँला बाटो भक्तपुरको’ लोकदोहोरी, ‘गजेको भोटो’ गजलसङ्ग्रह र ‘हाँडीका मकै’ हाइकुसङ्ग्रहका साथै ‘बसुन्धरा’ खण्डकाव्य र ‘उल्टो बाँसुरी’ उपन्यास पनि प्रकाशन भइसकेका छन् ।

कृषि क्षेत्रका साथै खोजमूलक पत्रकारितामा विशेष कलम चलाउने अथकले २०६७ सालमा अर्गानिक कृषि सहकारी संस्था पोखराबाट ‘अर्गानिक कृषि पत्रकारिता पुरस्कार’, सामुदायिक सूचना समाज पोखराबाट ‘उत्कृष्ट खोज अनुसन्धान पत्रकारिता पुरस्कार’ सहित ‘आरसी कृषि पत्रकारिता पुरस्कार’, ‘गजल प्रतिभा पुरस्कार’, ‘अपाङ्ग उत्थान उत्कृष्ट पत्रकारिता सम्मान’ लगायत दर्जनौँ पुरस्कार तथा सम्मान पाइसक्नुभएको छ । पत्रकार अथक हाल रेडियो सराङ्कोट, गोल्डेन आइ टिभी, सगरमाथा टिभी र असल साथी मासिकमा आबद्ध हुनुहुन्छ ।

Previous Post

दमकमा भदौ १३ गतेसम्म लकडाउन लम्बियो

Next Post

‘निषेधाज्ञा नमान्नेलाई प्रशासनले कारवाही गर्छ, कोभिडले पाता फर्काउँछ’

admin

admin

Next Post
‘निषेधाज्ञा नमान्नेलाई प्रशासनले कारवाही गर्छ, कोभिडले पाता फर्काउँछ’

‘निषेधाज्ञा नमान्नेलाई प्रशासनले कारवाही गर्छ, कोभिडले पाता फर्काउँछ’

Discussion about this post

ताजाअपडेट

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021
प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

February 23, 2021
भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

February 21, 2021
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

सूचना !!!

Holler Box