• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home समसामयिक सानो

झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समितिमा प्रज्वल

Sushila Sangraula by Sushila Sangraula
June 22, 2023
in समसामयिक सानो
0
झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समितिमा प्रज्वल
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर । झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समिति भद्रपुरको नेतृत्व निर्विरोध चयन भएको छ । आगामी तीन बर्से कार्यकालका लागि संघको २१ औं अध्यक्षमा युवा व्यवसायी प्रज्वल राई निर्विरोध निर्वाचित भएका छन् ।

संघका वर्तमान वरिष्ठ उपाध्यक्ष खडकबहादुर लिम्बुले अध्यक्ष पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै ३५ वर्षीय राई निर्विरोध निर्वाचित भएका हुन् । वर्तमान एशोसिएट्स÷वस्तुगत उपाध्यक्ष समेत रहेका राई जनजाति समुदायबाट पहिलो पटक संघको नेतृत्व हाँक्न लागेका हुन् ।

त्यस्तै वाणिज्य उपाध्यक्षमा सञ्जयकुमार श्रेष्ठ र महासचिवमा सुमन्त मैनाली निर्विरोध निर्वाचित भएका छन् । सुरज शाह कसेराले वाणिज्य उपाध्यक्ष पदबाट र रविशंकर भट्टराई (पवन)ले महासचिव पदबाट उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा राजकुमार राई, एशोसिएट्स÷वस्तुगत उपाध्यक्षमा बाबुराम पराजुली, महिला उपाध्यक्षमा सीता ढकाल र कोषाध्यक्षमा पवन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । ती पदहरूमा एकल उम्मेदवारी परेको थियो ।

महिला सदस्यहरूमा दिलकुमारी राई, अनिता कार्की, रुकमणि चौहान र मुना दाहाल निर्विरोध निर्वाचित भएकी छिन् । खुला सदस्यहरूमा अम्बिका पोखरेल, अरुणकुमार मित्रुका, सिंहवीर लिम्बु –अनिल), सागर घिमिरे, ज्ञानबहादुर राई, विक्की साह रौनियार र कविन राई निर्विरोध निर्वाचित भएका छन् । संघको नेतृत्व निर्विरोध निर्वाचित भए पनि निर्वाचन समितिले आधिकारीक घोषणा गर्न बाँकी छ । राजेन्द्रप्रसाद घिमिरेले दुई कार्यकाल २०६२ देखि २०६८ सालमा निर्विरोध अध्यक्षमा निर्वाचित भएर संघको नेतृत्व गरेका थिए ।

२०६८ सालपछि नेतृत्व चयनका लागि तीन कार्यकाल चुनावी प्रतिस्पर्धा नै भएको थियो । २०८० सालमा आएर पुनः निर्विरोध नेतृत्व चयन भएको हो ।

Previous Post

‘मजदुरहरुको जीवनस्तर सुधार भएमात्र देशको समग्र विकास सम्भव’

Next Post

अमृता पाठक चौलागाईंको कथा संग्रह चैतु काका शनिबार लोकार्पण

Sushila Sangraula

Sushila Sangraula

Next Post
अमृता पाठक चौलागाईंको कथा संग्रह चैतु काका शनिबार लोकार्पण

अमृता पाठक चौलागाईंको कथा संग्रह चैतु काका शनिबार लोकार्पण

Discussion about this post

ताजाअपडेट

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023
‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

August 24, 2023
पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

August 24, 2023
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • Uncategorized
  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.