• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home खेलकुद

भद्रपुर झापा गोल्ड कप बारे राजनीतिक दल र स्थानीय सहकारीसँग छलफल

Sushila Sangraula by Sushila Sangraula
January 25, 2023
in खेलकुद
0
भद्रपुर झापा गोल्ड कप बारे राजनीतिक दल र स्थानीय सहकारीसँग छलफल
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर, माघ ११ । भद्रपुर झापा गोल्डकप आयोजक समितिले राजनीतिक दल र स्थानीय सहकारी संस्था र सामाजिक संघसंस्थाहरुसँग छलफल गरेको छ ।
भदपुरस्थित होटल उडल्यान्डमा आयोजित छलफलमा झापाका जिल्लास्तरीय, भद्रपुर नगरस्तरीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सहकारीकर्मीसँग आयोजक समितिले गोल्ड कपको पहिलो संस्करणका बारेमा बृहत छलफल गरेको हो ।

गोल्ड कपको दिगोपना, सबैको सहभागिता तथा अपनत्व, अक्षयकोष लगायतका विषयमा छलफल गरिएको अध्यक्ष दिपेश ढकालल जानकारी दिए । भद्रपुर झापा गोल्ड कप यही फागुन ७ गतेदेखि १६ गतेसम्म मेची रंगशालामा हुँदैछ ।

अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, नेकपा एमाले झापाका उपसचिव असारु राजवंशी, सचिवालय सदस्य घनश्याम अधिकारी, नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य, नेकपा एकीकृत समाजवादी झापाका अध्यक्ष वेदराज रेग्मी, राप्रपाका बाबुराम पराजुली लगायतले जिल्लाभरि प्रचार गर्दै त्यसका लागि राजनीतिक दल परिचालन हुनुपर्ने सुझाव दिए ।

उनीहरुले गोल्ड कप राम्रो र हाम्रो कसरी बनाउन सकिन्छ भनेर लागिपर्न आग्रह गरे । गोल्ड कपलाई स्थायित्व बनाउँदै परिस्कृत गर्न नेतमहरुले सुझाव दिए ।

त्यस्तै, नगरस्तरीय प्रतिनिधिहरु राम कँडेल, किरण कार्की, शिवकुमार राजभण्डारी, वडाध्यक्षहरु गौरव सुब्बा, बन्धु कार्की लगायत राजनीतिक दलका प्रतिनिधिले आआफ्नो सुझाव राखेका थिए ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, सल्लाहकार तथा नेपाल प्रदेश उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, १ नम्बर प्रदेशका अध्यक्ष टिकाराज ढकालले गोल्ड कप झापाको गौरव भएकाले सबैको हातेमालो जरुरी रहेको उल्लेख गरे ।

यसैबीच, गोल्ड कप सचिवालयमा भएको ‘भद्रपुर झापा गोल्ड कप र सहकारी संस्था’ बीचको अन्तरक्रिया कार्यक्रममा स्थानीय सहकारी सञ्चालकहरुले सहयोगको प्रतिबद्धता जनाएका छन् ।

छलफलमा शालिग्राम नेपाल, जीवन बास्तोला, गोमा घिमिरे, देवी अधिकारी, प्रकाश उप्रेती, युवराज न्यौपाने, कैलाश राई, दिपेन्द्र कटुवाल, भीम श्रेष्ठ, खेमराज नेपाल चन्द्रगढी, अनुज खतिवडा, विजय अधिकारी, चन्द्रकला गौतम, गोविन्द कोइराला, नगरका सहकारी शाखा प्रमुख नेत्र पोखरेल लगायतले आआफ्नो धारणा राखेका थिए ।

अन्तरक्रियामा गोल्ड कपका महासचिव जीवनकुमार श्रेष्ठले हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए भने सचिव टहलदास मैनालीले सहजीकरण गरेका थिए ।

Previous Post

भद्रपुर झापा गोल्ड कप हेर्न सामुदायिक बिद्यालयका विद्यार्थीलाई शुल्क नलाग्ने

Next Post

प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने

Sushila Sangraula

Sushila Sangraula

Next Post
प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने

प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने

Discussion about this post

ताजाअपडेट

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023
‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

August 24, 2023
पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

August 24, 2023
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • Uncategorized
  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.