• About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home खेलकुद

भद्रपुर झापा गोल्ड कप हेर्न सामुदायिक बिद्यालयका विद्यार्थीलाई शुल्क नलाग्ने

Sushila Sangraula by Sushila Sangraula
January 25, 2023
in खेलकुद
0
भद्रपुर झापा गोल्ड कप हेर्न सामुदायिक बिद्यालयका विद्यार्थीलाई शुल्क नलाग्ने
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर, माघ ११ । पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कपका सबै खेलमा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रवेश निःशुल्क गरिने भएको छ ।

गोल्ड कपका अध्यक्ष दिपेश ढकालले यसअघि नै भद्रपुर नगर क्षेत्रका सरकारी विद्यालयका विद्यार्थीले रंगशाला प्रवेश गर्दा शुल्क नलाग्ने घोषणा गरेका थिए ।

आज गोल्ड कपको सचिवालयमा भद्रपुर नगरपालिकाभित्र रहेका सरकारी विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरुसँग भएको छलफलमा अध्यक्ष ढकालले विद्यार्थीको प्रवेशबारे प्रतिबद्धता जनाए ।

महासचिव जीवनकुमार श्रेष्ठका अनुसार विद्यालयले आलोपालो गरेर प्रतियोगिताका बेला विद्यार्थी पठाउनुपर्ने छ ।

सामुदायिक विद्यालयका विद्यार्थीलाई खेलकुदसँग जोड्न सहज होस् भनेर प्रवेश निःशुल्क गरिएको सल्लाहकार टिकाराज ढकालले बताए ।

भद्रपुर नगरपालिकामा सबै तहका गरेर ३१ वटा सामुदायिक विद्यालय रहेका छन् ।

छलफलमा विद्यालयका शिक्षकहरुले भद्रपुर झापा गोल्ड कप नगर तथा जिल्लाकै गोरव भएकाले आफूहरुले पनि अपनत्व ग्रहण गर्ने प्रतिबद्धता जनाए ।

छलफलमा प्रधानाध्यापकहरु पुरुषोत्तम खरेल, शिव पोखरेल, दशरथ प्रधान, होमनाथ गुरुङ, राम घिमिरे, ललित लिम्बू, डिल्लीराम पोखरेल, सीता बिमली, अनिता बिमली, अर्जुन राजवंशी, खिलानाथ कोइराला, चमकलाल राजवंशी, नारद प्याकुरेल, कृष्ण न्यौपाने लगायतले आआफ्नो धारणा तथा सुझाव राखेका थिए ।
यसैबची, प्रतियोगिताका सबै खेलमा विशेष परिस्थितिका नागरिकलाई प्रवेश निःशुल्क गरिने भएको अध्यक्ष ढकालले बताए ।

त्यस्तै, नगरभित्रका ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई पनि प्रवेश निःशुल्क गरिएको ढकालले जानकारी दिए ।

Previous Post

पत्रकारिताको कसीमा ‘युट्युबर’

Next Post

भद्रपुर झापा गोल्ड कप बारे राजनीतिक दल र स्थानीय सहकारीसँग छलफल

Sushila Sangraula

Sushila Sangraula

Next Post
भद्रपुर झापा गोल्ड कप बारे राजनीतिक दल र स्थानीय सहकारीसँग छलफल

भद्रपुर झापा गोल्ड कप बारे राजनीतिक दल र स्थानीय सहकारीसँग छलफल

Discussion about this post

ताजाअपडेट

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023
‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

‘पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौ’ः शर्मा

August 24, 2023
पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढ्दै ः नेता आङ्वो

August 24, 2023
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • Uncategorized
  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

पत्रकार उपचार कोषलाई अधिकारी परिवारबाट १० हजार सहयोग

August 26, 2023
बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

बिर्तामोड नगरपालिकाले व्यवसायमा लगाएको करका विरुद्धमा व्यवसायी आन्दालित

August 24, 2023

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.