कालीस्थान २२ मंसिर । राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले जनअपेक्षा बिपरित सबिधानसभाले देशलाई धर्म निरपेक्ष घोषणा गरेको बताए। कालिकापीठ कालीस्थानको १८ औ बार्षिक अनुष्ठानका अवसरमा आयोजित कार्यक्रममा बोल्दै झापा क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सांसद समेत रहेका लिङ्देनले यस्तो धारणा राखेका हुन। देशी– बिदेशी शक्तिहरूबाट धार्मिक आक्रमण बडेको बताउदै नेता लिङ्देनले धार्मिक सास्कृतिक आक्रमण गर्न सकेमात्र नेपालीलाई खण्डित गर्न सकिन्छ भन्ने मानसिकताले काम गरेको र यसमा बिदेशी शक्तिको हात रहेको बताए ।
नेपालमा जति धार्मिक बिबिधता अन्यत्र नभएको र यसलाइ खण्डित गर्न, धार्मिक द्वन्द्व, जातीय द्वन्द्व र सास्कृतिक बिखण्डन ल्याउन देशी– बिदेशी शक्ति सक्रिय रहेको धारणा राख्नुभएको हो । यसबाट सचेत रहन आवश्यक रहेको भनाइ राखे ।
नाम फरक भएपनि सुम्निमा– पारुहाङ, शिव–पार्बती जस्ता नाम फरक भएपनी सबै जातजातिले पुजा गर्ने देवता र भावना एकै रहेको बताए ।
धर्म र सस्कृतिका नाममा बिखण्डन ल्याएर धार्मिक आक्रमणको प्रयासप्रती सचेत रहदै एकता र सद्भाव तोड्ननहुने उनको भनाइ थियोे ।
रातो टीका लगाएर दशै मनाउने चलन नेपालमा मात्रै रहेको र यो सबैको साझा चाड रहेको बताउदै देशी–बिदेशी शक्तिबाट पहिला दशैमाथी नै आक्रमण भएको भनाइ उनको भनाइ थियो ।
यसअघि झापा क्षेत्र नम्बर–२, गठबन्धन दलका तर्फबाट उम्मेदवार हरिकुमार राना, नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर –२ का सभापति एवं प्रदेशसभा–२ का उम्मेदवार खगेन्द्र मैनाली लगायतले पीठको बार्षिक उत्सबमा सहभागिता जनाए ।
Discussion about this post