---
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
Advertisement
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home ब्यानर न्युज

बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा शिवाकोटी

Sushila Sangraula by Sushila Sangraula
March 2, 2021
in ब्यानर न्युज
0
बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा शिवाकोटी
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड । झापाको व्यापारिक केन्द्रका रुपमा रहेको बिर्तामोड उद्योग वाणिज्य संघको तिन बर्षे कार्यकालको लागि अध्यक्षमा प्रकाश शिवाकोटीले विजयी हुनुभएको छ ।
आइतवार सम्पन्न निर्वाचनपछिको मतगणना अनुसार लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका शिवाकोटीले २१३९ मत प्राप्त गरेर अध्यक्षको पदमा विजयी बन्नुभएको हो ।
उहाँका निकटतम् प्रतिष्पर्धी संयुक्त व्यावसायिक प्यानलका अध्यक्ष पदका उम्मेदवार सुभास भट्टराईले १६१५ मत प्राप्त गरेर उपविजेता बन्नुभएको छ ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजु न्यौपाने विजयी हुनुभएको छ उहाँले २११६ मत प्राप्त गरी विजयी बन्नुभएको छ । उहाँका निकटतम् प्रतिष्पर्धी संयुक्त प्यानलका नारायणप्रसाद चिमरियाले १५१२ मत प्राप्त गर्नुभएको छ ।

उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका संजीव घिमिरेले १९४० मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिष्पर्धी संयुक्त प्यानलका प्रकाश घिमिरेले १७१८ प्राप्त गर्नुभएको छ ।

वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजकुमार घिमिरे (राजु)–ले २२७८ मत प्राप्त गर्दै विजयी बन्नुभएको छ भने उहाँका निकटतम् प्रतिष्पर्धी संयुक्त प्यानलका रामकृष्ण अधिकारीले १३२३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै यसअघि नै महिला उपाध्यक्षमा नैनाकला भट्टराई सर्वसम्मत निर्वाचित बनिसक्नु भएको थियो ।

त्यस्तै महासचिवमा संयुक्त प्यानलका अर्जुनकुमार मैनालीले १८४३ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका रविन्द्र भट्टराईले १८१७ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै उद्योग सचिवमा लोकतान्त्रिक प्यानलका कुशल खतिवडाले २५५० सबै भन्दा धेरै मत प्राप्त गरी विजयी बन्नुभयो भने उहाँका निकटतम् प्रतिष्पर्धी संयुक्त प्यानलका धनबहादुर डाँगीले १०६३ मत प्राप्त गर्नुभएको छ ।

वाणिज्य सचिवमा संयुक्त प्यानलका कृष्ण पौडेलले १९६६ मत प्राप्त गरी विजयी बन्नुभयो भने उहाँका निकटतम् प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका राजकुमार शाह (राजश्री)–ले १६७४ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका दिपेन्द्र राउतले २१२२ मत प्राप्त गरेर विजयी बन्नुभएको छ भने उहाँका निकटतम् प्रतिष्पर्धी संयुक्त प्यानलका दुर्गाप्रसाद थपलियाले १५२४ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै महिलातर्फको आरक्षित सह–कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलकी राधिका चुडाल हुमागाईले १९७० मत प्राप्त गरेर विजयी बन्नुभएको छ भने उहाँका निकटतम् प्रतिष्पधी रञ्जु प्याकुरेलले १६२४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी सदस्यहरुमा गुन्जन प्रसाई २००८ जीवनकुमार खड्का १९१८, दिपक मित्तल १८९९, पुकार बराल २०००, बलराम सिटौला (राम) १८६१, विशाल थापा २०९९ गौरीशंकर गुप्ता १७९० मत प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यमा तुलसा ढकाल २१९५ र रुची शिवाकोटीले २०७६ मत प्राप्त गरी विजयी बन्नुभएको थियो ।

कुल तीन हजार ८४९ मतमध्ये अहिलेसम्म पदाधिकारीमा तीन हजार ३६२ जनाको मतमात्र गणना भएको निर्वाचन समितिले जनाएको छ ।

Previous Post

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

Next Post

अब कोही बालबालिका सडकमा भौंतारिनु पर्दैन ः प्रम ओली

Sushila Sangraula

Sushila Sangraula

Next Post
अब कोही बालबालिका सडकमा भौंतारिनु पर्दैन ः प्रम ओली

अब कोही बालबालिका सडकमा भौंतारिनु पर्दैन ः प्रम ओली

Discussion about this post

ताजाअपडेट

बीरता लेडी जेडीजको आयोजनामा तनाव व्यवस्थापन सम्बन्धी तालिम

बीरता लेडी जेडीजको आयोजनामा तनाव व्यवस्थापन सम्बन्धी तालिम

March 22, 2021
नारी सञ्चारगृहलाई सहारा नेपाल साकोसद्वारा एकलाख सहयोग प्रदान

नारी सञ्चारगृहलाई सहारा नेपाल साकोसद्वारा एकलाख सहयोग प्रदान

March 22, 2021
झापामा ८० हजार भूमिहीन, सुकुम्बासीलाई धनीपूर्जा

झापामा ८० हजार भूमिहीन, सुकुम्बासीलाई धनीपूर्जा

March 22, 2021
अब कोही बालबालिका सडकमा भौंतारिनु पर्दैन ः प्रम ओली

अब कोही बालबालिका सडकमा भौंतारिनु पर्दैन ः प्रम ओली

March 2, 2021
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

बीरता लेडी जेडीजको आयोजनामा तनाव व्यवस्थापन सम्बन्धी तालिम

बीरता लेडी जेडीजको आयोजनामा तनाव व्यवस्थापन सम्बन्धी तालिम

March 22, 2021
नारी सञ्चारगृहलाई सहारा नेपाल साकोसद्वारा एकलाख सहयोग प्रदान

नारी सञ्चारगृहलाई सहारा नेपाल साकोसद्वारा एकलाख सहयोग प्रदान

March 22, 2021

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

सूचना !!!

Holler Box