चन्द्रगढी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री महेश आचार्यले कम्युनिष्ट सरकारले देशलाई आर्थिकरुपमा टाट पल्टाएको बताउनुभएको छ ।
नेपाल निजामति कर्मचारी युनियन संघको आठौं केन्द्रीय बैठक तथा १ नं. प्रदेश्स्तरीय अन्तरक्रिया, छलफल कार्यक्रमलाई आज शुक्रबार झापाको सदरमुकाम चन्द्रगढीमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता आचार्यले देशको अहिलेको दुरावस्था हुनुमा नेकपाको केपी गुट मात्र जिम्मेवार नरहेको बताउँदै प्रचण्ड माधव पनि दोषी रहेको बताउनुभयो ।
हिजो मिडिया काउन्सील बिधेयक ल्याएर प्रेसको घाँटी निमोठन लाग्दा माधव, प्रचण्डले ओलीलाई साथ दिएकै हो, ठूला, ठूला भ्रष्टाचारमा मुख बन्द गरेर बुसेकै हुन् भन्नुहुँदै काँग्रेस केन्द्रीय सदस्य आचार्यले कस्ले बढी कुम्याउने र पद खाने भन्ने बिषयमा उनीहरुबीच स्वार्थ नमिल्दा मात्र प्रचण्डले ओलीलाई लिखितरुपमा आरोप लगाएको भनाई राख्नुभयो ।
ओलीले एकैचोटी संविधानमाथि हमला गरेको नभई हिजो लोकतन्त्र र बिधिमाथि श्रृंखलावद्धरुपमा हमला हुँदा हामीले बिरोध गरिरहेको अवस्थामा त माधव, प्रचण्डहरु है ठीक भइरहेको छ भनेर ओलीलाई नै साथ दिएर अधिनायकवादी कदमलाई सघाइरहनु भएको थियो नि ? भन्ने प्रश्न गर्दै काँग्रेसका अध्यनशील र तार्किक नेता आचार्यले माधव प्रचण्ड गुटको चुनाव चिन्ह र पार्टी जोगाइदिन काँग्रेसले संयुक्त आन्दोलनमा जानु उचित नहुने प्रष्ट धारणा राख्नुभयो ।
व्यक्ति र गुटगत स्वार्थका लागि जस्तोसुकै सिद्धान्तहिन सम्झौता गर्न पछि नपर्ने कम्युनिष्टको एउटा गुटलाई साथमा लिएर आन्दोलन गर्दा धोखा हुने बताउँदै स्वार्थ मिल्नासाथ बैधानिकरुपमा फुटि नसकेका कम्युनिष्टहरु एक हुने र संयुक्त आन्दोलन अलपत्र बनाउने जोखिम रहेको हुँदा नेपाली कँग्रेसले सचेत र सतर्क हुन जरुरी भएकोमा जोड दिनुभयो ।
नेकपाका अध्यक्ष तथा प्रधनामन्त्री केपी ओलीले संविधान बिपरित प्रतिनिधिसभा बिगठन गरेर प्रतिगामी कार्य गरेको बताउँदै नेता आर्चायले ओलीले राज्यको सम्पूर्ण शक्ति आफ्नो हातमा लिएर शासन गर्न खोज्दा माधव, प्रचण्ड मौन बस्नुको परिणाम नै ओलीको अहिलेको कदम हो भन्नुभयो ।
मानव अधिकार आयोगलाई संकुचन गर्ने, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने, व्यक्तिगत स्वतन्त्रता र प्राज्ञिक स्वतन्त्रता हरण गर्ने, शक्ति पृथकीकरणको सिद्धान्तलाई समाप्त पार्ने, निजामति प्रशासनलाई गुटको मातहतबाट सञ्चालन गर्ने, अध्यादेशको माध्यमबाट संवैधानिक निकायमा गुटका भक्तलाई नियुक्त गर्ने, अनेक चलखेल गरेर भ्रष्टाचारलाई संस्थागत गर्दा मौन बसेर साथ दिने प्रचण्ड, माधव नेपालहरुलाई के बिश्वासका आधारमा आन्दोलनमा सहभागी गराउने भन्दै प्रतिप्रश्न गर्नुभयो ।
कुनैपनि दलले बहुमत प्रप्त गर्नासाथ राजनैतिक स्थिरता हुन नसक्ने बताउदै बिधिको शासनप्रतिको प्रतिवद्धताले मात्र राजनैतिक स्थिरता कायम हुनसक्ने भनाई राख्नुहुदै पूर्व अर्थमन्त्री आचार्यले भन्नुभयो ‘ देशको कार्यकारी प्रधानमन्त्रीले नै विधि नमान्ने, विधि मिच्ने हो भने अरु मानिसलाई कानून मान्ने बाध्यता रहँदैन । ’
नेपाली काँग्रेस जहिल्यै विधिको शासनको पक्षमा रहेको हुुँदा बिधि मिच्ने र विधि मिच्न साथदिने दुवैसँग यो सवालमा सहकार्य गर्न नसक्ने बताउँदै आफ्नै बल बुतामा आन्दोलन गरेर देशलाई सहि मार्गमा ल्याउन नेपाली काँग्रेस सक्षम रहेको पनि नेता आचार्यले बताउनुभयो ।
नेपलाी काँग्रेस झापाका सभापति उद्वव थापाले ओली सरकारले अधयादेश ल्याएर ट्रेड युनियन अधिकार खोस्न लागेकोप्रति सचेत रहन राष्ट्रसेवक कर्मचारीहरुलाई आव्हान गर्दै देश र जनताका नाममा सपथा खाएका कर्मचारीले एउटा व्यक्तिको सनक र गुटको स्वार्थमा गरिने दुष्कर्मलाई बहिस्कार गर्नुपर्नेमा जोड दिनुभयो ।
संविधानको रक्षा र जनताको सेवा कर्मचारीको पनि कत्र्तव्य र दायित्वभित्र पर्ने भएकोले स्थायी सरकारको रुपमा रहेको निजामति प्रशासनले गलत कदमलाई साथ दिन नहुने सभापति थापाको भनाइ थियो ।
न्ेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा १ नं. प्रदेश अध्यक्ष दिपेन्द्र खत्रीको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियन संघका कैन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेल, नेपाल सरकारका सहसचिव डाक्टर भिष्म भूषल, संघका केन्दीय सदस्य सुरेन्द्रप्रसाद अधिकारी, झापाका प्रमुख जिल्ला अधिकारी श्रवण तिम्सिना, संघा केन्द्रीय उपाध्यक्ष उत्तम कटुवाल महासचिव सुवास कोइराला लगायतले विधिको शासनबाट मात्र देश र जनताको उन्नति हुनसक्ने बिचार व्यक्त गर्नुभयो ।
न्ेपाल निजामति कर्मचारी युनियन संघका झापा जिल्ला अध्यक्ष कविन्द्रबिक्रम नेम्बाङ्गले स्वागत मन्तब्य व्यक्त गर्नुभएको सो कार्यक्रमको सञ्चालन संघका प्रदेश १ का सचिव गोपाल दाहालले गर्नुभएको थियो ।
Discussion about this post