बिर्तामोड । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजता कोईरालाले अहिलेको अवस्थामा कांग्रेस निर्वाचनमा जानुभन्दा संसद पुनस्र्थापनाको पक्षमा रहेको बताउुभयो ।
नेपाल प्रेस युनियन झापा शाखाले बिहिबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ कोईरालाले अब संसद पुर्नस्थापना गर्नुको विकल्प छरहेको र बताउनु भएको हो ।
उहाँले संसद पुनस्र्थापना गरेर सर्वदलीय सरकार मार्फत चुनावमा जानु नै अहिलेको राष्ट्रिय सहमतिको बाटो भएको धारणा ब्यक्त गर्नुभयो ।
पुर्व परराष्ट्र तथा उपप्रधानमन्त्री समेत रहनु भएकी नेतृ कोईरालाले दुई तिहाईको कम्युनिष्ट सरकारले आफ्नो पार्टी झगडाले मुलुकलाई नै तहसनहस पार्न खोजेको आरोप लगाउँदै संबिधान च्यातेर संसद भंग गर्नु जनता माथिको धोका भएको बिचार ब्यक्त गर्नुभयो ।
ओली सरकारको असंवैधानिक कदम प्रति असन्तुष्टि जनाउदै उहाँले सारा नेपालीले संसद पुर्नस्थापना नै चाहेकोले अब संसद पुर्नस्थापना भएरै छाड्ने दावी गर्नु भयो ।
नेतृ कोईरालाले संसद पुर्नस्थापना गर्ने अन्तिम फैसला सर्वोच्चको हातमा रहेको उल्लेख गर्दै अदालतले जनताको पक्षमा फैसला गर्नेमा आफु आशावादी रहेको बताउनुभयो ।
पत्रकारहरुसंग कुराकानी गर्दै नेतृ कोइरालाले संसदमा प्रतिपक्षले कुनै अवरोध नगर्दा पनि दुईतिहाई नजिकको कम्युनिष्ट सरकारले जनताको मतलाई अवमूल्यन गर्नु दुखद भएको बताउदै आन्तरिक कलहमा संसद विघटन गर्नु गलत भएका टिप्पणी गर्नुभयो । संसद विघटन असंवैधानिक भएको बताउँदै कोइरालाले जनचाहनालाई बुझेर सर्वोच्चले संसद पुर्नस्थापनाको पक्षमा निर्णय दिनुपर्ने धारणा राख्नुभयो ।
संसद विघटनले राजनीतिक अस्थिरता निम्तिने उहाँको भनाई थियो । आफूले कांग्रेस पार्टीको मात्रै भन्दा जनताको धारणा र चाहना बोल्ने दावी गर्दै नेतृ कोइरालाले आम जनताको चाहना पनि संसद पुनस्थापना नै भएको बताउनु भयो ।
नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाटमा स्वागत सल्लाहकार राजेन्द्र गौतम र सञ्चालन सहसचिव स्वस्तिका आचार्यले गर्नुभएको थियो ।
Discussion about this post