---
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
Advertisement
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home ब्यानर न्युज

ओली सरकार गुट र गिरोहको पक्षमा

Sushila Sangraula by Sushila Sangraula
January 22, 2021
in ब्यानर न्युज
0
ओली सरकार गुट र गिरोहको पक्षमा
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

विर्तामोड ९ माघ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीको तीनवर्षे कार्यकाल नेपाली जनताको पक्षमा नभएर आफ्नो गिरोह र गुटको पक्षमा रहेको बताउनुभयो ।

नेपाली कांग्रेस झापाको आयोजनामा शुक्रबार जिल्ला पार्टी कार्यालयमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले यस्ता बताउनु भएको हो ।

उहाँले कम्युनिष्ट पार्टीका धेरै नेता देशद्रोही र राष्ट्रघाती देखिएको भन्दै जनताको हकहितमा काम गर्न नसकेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो–‘के.पी. ओलीको सम्पूर्ण शक्ति पार्टीको र आफ्नै गिरोहको हितमा मात्रै खर्च भएको छ’–नेता सिटौलाले भन्नुभयो–‘उहाँमा नैतिकताको सीमा छैन, कानूनको अधिनमा हुनुहुन्न, संविधानको बन्देजमा हुनुहुन्न देश र जनताको हितमा काम गर्नुभएको छैन, आफ्नो पार्टी र पार्टीभित्र पनि आफ्नै गिरोह र गुटको पक्षमा मात्रै काम गरेको देखिन्छ ।’

कम्युनिष्ट पार्टीभित्रको विवादको सनकमा ओलीले संसद विगठन गरेको र यसले संविधानको ‘फण्डामेन्टल’मा नै भ्वाङ पारेको नेता सिटौलाले बताउनुभयो ।

प्रधानमन्त्रीको बोलीमा नम्रता, सिष्टता, कर्णप्रियता नरहेको उल्लेख गर्दै नेता सिटौलाले ओलीको दम्भले देश र जनताले दुःख पाएको बताउनुभयो ।

पूर्व उपप्रधानमन्त्री तथा संविधान निर्माणका क्रममा संविधानका मस्यौदाकार समेत रहनुभएका नेता सिटौलाले भन्नुभयो–‘विगतको अभ्यासमा संसद विगठनले राजनीतिक दुर्घटना निम्त्यायो, अस्थिरता सिर्जना भयो, यही अभ्यासका आधारमा संविधानमा संसदको सर्वोच्चता ब्यवस्था गरिएको हो ।’

उहाँले भन्नुभयो–‘पटक–पटकको अभ्यासमा पनि संसदले बहुमतको प्रधानमन्त्री चुन्न नसकेको अवस्थामा स्वतः संसद विगठन हुने ब्यवस्था संविधानमा उल्लेख रहेको स्पष्ट पार्दै नेता सिटौलाले संसदमा फेस नै नगरी संसद विगठन गर्नु प्रधानमन्त्रीको असंवैधानिक कदम रहेको टिप्पणी गर्नुभयो ।

कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिकाको शक्ति सन्तुलन कायम राख्दै न्यायालयलाई निस्पक्ष र तटस्थ राख्न संविधान निर्माणकै क्रममा तत्कालीन प्रधानन्यायधीससहित ५ जना न्यायधीससँग परामर्श गरेरै संविधान निर्माण गरिएको जानकारी दिदै नेता सिटौलाले सर्वोच्च अदालतले संविधानको रक्षा गर्ने विश्वास समेत ब्यक्त गर्नुभयो ।

सर्वोच्चले संविधानको रक्षा गर्न नसके अरु कुनै संवैधानिक नियकाले गर्न नसक्ने ताउनुभयो । उहाँले भन्नुभयो–‘संसदले गलत काम निगरानी अदालतले गर्नुपर्ने हो तर प्रधानमन्त्रीको सामन्नु सर्वोच्च अदालतनै लत्रिएको छ ।’

नेपाली कांग्रेस हार्दा आत्तिने र जित्दा मात्तिने पार्टी नभएको स्पष्ट पार्दै नेता सिटौलाले भन्नुभयो–‘कांग्रेसले सबैलाई राजनीतिक मूल्य, मान्यता, लोकतान्त्रिक पद्धति, विधिको शासनमा हिडाउँछ, कांग्रेस लोकतान्त्रिक पद्धतिको संस्थागत विकासकै लागि संघर्षरत छ।’

कांग्रेसका अगुवा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीले बेलैमा चुनाव चिन्हको टुंगो नलागे मुलुक दुघ्टनामा फस्ने बताउनुभयो ।

उहाँले च्यातिएको र मिचिएको संविधान लिएर कांग्रेस चुनावमा नजाने स्पष्ट पार्दै संविधानलाई ट्र्याकमा ल्याएर मात्रै चुनावमा जाने बताउनुभयो ।

सर्वोच्च अदालतले समयमै फैसला नदिए र निर्वाचन आयोगले समयमा चुनाव चिन्ह नदिए चुनाव हुन नसक्ने बताउँदै नेता बुढाथोकीले निर्वाचन नभए मुलुक अँध्यारो सुरुङमा फस्ने धारणा राख्नुभयो ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व राज्य मन्त्री सरिता प्रसाईले कम्युनिष्ट नेतृत्वको सरकारलाई म्यान्डेट बाहिर नजान संसदमार्फत नै पटक–पटक सुझाएको बताउँदै ओलीको दम्भले देशलाई दुर्घटनामा पु¥याएको धारणा राख्नुभयो ।

नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, सुनसरी जिल्ला सभापति राजीव कोइराला, १ नं प्रदेशका कांग्रेस संसदीय दलका सचेतक केदार कार्की, सांसद लोकप्रसाद संग्रौला, ओम सरावगी, पूर्व सांसद डिल्ली सिटौला, विश्वदीप लिङ्देन लगायत अग्रज नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस झापाका सचिव ताराविर कटुवालले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत सचिव प्रेम सम्बाहाम्फेले गर्नुभएको थियो ।

Previous Post

बिर्तामोड उद्योग वाणिज्य संघको चौथो साधारण सभा दुईपत्रकारसहित सात जना सम्मानित

Next Post

वीरता लेडी जेसीजको उद्घोषण तालिम सम्पन्न

Sushila Sangraula

Sushila Sangraula

Next Post
वीरता लेडी जेसीजको उद्घोषण तालिम सम्पन्न

वीरता लेडी जेसीजको उद्घोषण तालिम सम्पन्न

Discussion about this post

ताजाअपडेट

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021
प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

February 23, 2021
भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

February 21, 2021
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

सूचना !!!

Holler Box