बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको सम्पन्न चौथो वार्षिक साधारण सभा दुईपत्रकारसहित सातजनालाई सम्मान गरिएको छ ।
पत्रकारिताको माध्यमद्वारा संघको गतिविधीलाई आम नागरिकमा पुर्याउन निर्वाह गरेको भूमिकाको उच्च कदर गर्दै पूर्वाञ्चल दैनिकका उपसम्पादक निरौला र एपीवान टेलिभिजनका झापा व्युरो सुब्रत न्यौपानलाई सम्मान गरिएको हो ।
सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्टूीका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल , बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्की, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष आचार्यलगायतले दोसल्ला, नगद र सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
सोही कार्यक्रममा पत्रकारिताको माध्यमद्वारा संघको गतिविधीलाई उजागर गरेको भन्दै विवेचना दैनिकका सम्पादक तथा एपीवान टेलिभिजनका व्युरो प्रमुख सुव्रत न्यौपाने र, विर्तामोडको फोहोर व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सामाजिक अभियन्ता विष्णुप्रसाद आचार्यलाई सम्मान गरिएको थियो भने सम्मानित व्यक्तित्वहरुलाई जनही नगद ११ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्बाचित उमेश डालमिया, नरेन्द्र खड्का, नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नं.१ को अध्यक्षमा निर्वाचित टीकाराज ढकाल, सदस्यमा निर्वाचित भुपालराज कटुवाललाई सम्मान गरिएको थियो । उनीहरुलाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य सञ्जीव घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रममा सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रीका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, विशेष अतिथि स.विधान सभा सदस्य सुधिरकुमार शिवाकोटी, झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, विर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डे, नेकपा नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाई लगायतले शुभकामना मन्तव्य राखनुभएको थियो ।
कार्यक्रममा औचित्यमाथि प्रकाश संघको अध्यक्ष कुमार भट्टराईले पार्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव भेषराज भण्डारी (प्रशान्त)ले गर्नुभएको थियो ।
बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको निर्वाचन आगामी फागुन १६ गते गरिने र त्यसका लागि निर्वाचन अधिकृतमा शेखर ढकाल, सहायक निर्वाचन अधिकृतमा राजेन्द्रप्रसाद चौंलागाईं र बुद्धिराम भट्टराईलाई चयन गरिएको जानकारी दिइएको थियो ।
Discussion about this post