---
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
MechiTimesOnline
Advertisement
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • कोरोना भाइरस
  • समसामयिक
  • विचार
  • अन्तरवार्ता
  • स्थानीय तह
  • साहित्य
  • मनोरञ्जन
  • स्वास्थ्य/जीवनशैली
No Result
View All Result
MechiTimesOnline
No Result
View All Result
Home समसामयिक

वीरता लेडी जेसीजको प्रि इण्डक्सन तथा च्याप्टर म्यानेजमेन्ट तालिम सम्पन्न

Sushila Sangraula by Sushila Sangraula
January 18, 2021
in समसामयिक
0
वीरता लेडी जेसीजको प्रि इण्डक्सन तथा च्याप्टर म्यानेजमेन्ट तालिम सम्पन्न
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड । वीरता लेडी जेसीजले विर्तामोडमा आयोजना आयोजना गरेको प्रि इण्डक्सन तथा च्याप्टर म्यानेजमेन्ट एकदिने तालिम सम्पन्न भएको छ ।

वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाले कार्यभार सम्हालेको दुईदिनपछि पहिलो कार्यक्रमको रुपमा प्रि इण्डक्सन तथा च्याप्टर म्यानेजमेन्ट तालिम सोमबार सम्पन्न भएको हो ।

वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाको अध्यक्षता तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष सुष्मा भण्डारी पौडेलले औचित्य माथी प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा सहभागीलाई नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवालले प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले वीरता लेडी जेसीजका कार्यसमितिका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकारका वारेमा र नयाँ सदस्यहरुलाई जेसीजको बारेमा जानकारी गराउँदै तालिमको सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारी, वीरता लेडी जेसीज पूर्व अध्यक्ष नैनकला भट्टराईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने सहभागीको तर्फबाट रक्तदान संयोजक मुना चुडालले तालिम फलदायी भएको बताउनुभएको थियो ।

कार्यक्रममा वीरता लेडी जेसीजकी आजिवन सदस्य शिला ढकाल, मानार्थ सदस्य तीलरुपा श्रेष्ठ, नेपाल जेसीजका पूर्व तालिम आयुक्त एकराज गिरीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा कार्यक्रम संयोजक तथा वीरता लेडी जेसीजकी उपाध्यक्ष अर्चना राउतले आस्था वाचन र तालिम संयोजक सेलिसा उप्रेतीले जेसीआई मिसन भिजन वाचन गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव हिमा पौडेलले गर्नुभएको थियो भने स्वागत रेनुका महतोले गर्नुभएको थियो ।

Previous Post

रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको क्लब एसेम्बली सम्पन्न

Next Post

बिर्तामोड उद्योग वाणिज्य संघको चौथो साधारण सभा दुईपत्रकारसहित सात जना सम्मानित

Sushila Sangraula

Sushila Sangraula

Next Post
बिर्तामोड उद्योग वाणिज्य संघको चौथो साधारण सभा दुईपत्रकारसहित सात जना सम्मानित

बिर्तामोड उद्योग वाणिज्य संघको चौथो साधारण सभा दुईपत्रकारसहित सात जना सम्मानित

Discussion about this post

ताजाअपडेट

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021
प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन बदर

February 23, 2021
भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित

February 21, 2021
Facebook Twitter Google+ Youtube RSS
MechiTimesOnline

मेची टाइम्स अनलाइन

अब हरेक खबर क्षणभरमै

यो झापाको विर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सम्पादक - शुशिला संग्राैला

Follow Us

Browse by Category

  • अन्तरवार्ता
  • कोरोना भाइरस
  • खेलकुद
  • टप स्टोरी
  • ब्यानर न्युज
  • मनोरञ्जन
  • मेची टाइम्स अनलाइन विशेष
  • राजनीति
  • विचार
  • समसामयिक
  • समसामयिक सानो
  • साहित्य
  • सिफारिस
  • स्थानीय तह
  • स्वास्थ्य/जीवनशैली

Recent News

नारी सञ्चारगृहलाई सहयोग  जुट्दै

नारी सञ्चारगृहलाई सहयोग जुट्दै

February 23, 2021
नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

नारी सञ्चार गृहको एकदिने व्यक्तिगत पान किन विषयक अन्तरक्रिया

February 23, 2021

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

No Result
View All Result

© 2020 MechiTimesOnline - Technical Support Trending Nepal.

सूचना !!!

Holler Box